मनाेरञ्जन समाचार : मेरी बास्सैबाट किन बाहिरिए बल्छी र राजु मास्टर ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : मेरी बास्सैबाट किन बाहिरिए बल्छी र राजु मास्टर ?

सारांश

  • काठमाडौं ।
  • बिगत लामो समय देखी नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन्।
  •   निर्माण कम्पनी मिडिया हवसँग बिभिन्न कुराहरुमा सहमति हुन नसक्दा बाहिरिएको बल्छिले जानकारी दिएका छन्।
काठमाडौं । बिगत लामो समय देखी नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन्। 
निर्माण कम्पनी मिडिया हवसँग बिभिन्न कुराहरुमा सहमति हुन नसक्दा बाहिरिएको बल्छिले जानकारी दिएका छन्। ‘मिडिया हबसँग विभित कुरामा सहमती हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भयका छौँ। यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गएको असर प्रति क्षमाप्रार्थी छौँ।’, बल्छिले आफ्नो फेसबुकमा लेखेका छन्। 
सीताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्नेबुढा) ले हात झिकेपछि बल्छि र राजुमास्टरले लेखन तथा निर्देशनको काम सम्हाल्दै आएका थिए। अहिले केहिबर्ष पछि उनीहरुले पनि हात झिकेसँगै अब मेरिबास्सैमा बल्छि र राजुमास्टरलाई देख्न पाइने छैन। 
बल्छी घ्रुवेको स्टाटस जस्ताको तस्तै :
एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुनदिसामा नि आफ्नो पखेटा फैलायर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाचिन सक्छ यसो हुदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ। तर हजुरहरुको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौ। 
प्रसङ्ग मेरी बास्सैको हाम्रा गुरुहरु केदार धिमिरे (माग्ने बुढा) तथा सिताराम कटेल(धुर्मुस) ले छोडेपछि हामीद्वाय राजु मास्टर र मेरो कथामा हामी आफैले निर्देशन गर्दै आयको मेरी बास्सै मिडिया हबसंग विभित कुरामा सहमती हुन नसक्दा आजको मीतीबाट हामील मेरी बास्सै बाट अलग भयका छौँ। यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गयको असर प्रति क्षमाप्रार्थी छौँ।
हाम्रा दर्सकहरुको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं र हामी बाचा गर्नेछौं, चाडाे भन्दा चाडाे यही बल्छी अनि राजु मास्टरकै भेसमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरु माझ आउने छौँ। र सधै यस्तै मायाको अपेक्षा गर्नेछौ। धन्नेबाद 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?