मुगुमा पहिलो पटक अदालती विवाह

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
५५ पटक हेरिएको
Shares
मुगुमा पहिलो पटक अदालती विवाह

सारांश

  • मुगु ।
  • मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ ।
  • यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।

मुगु । मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।

सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षिय जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो । आफूहरुबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताए ।

विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरे । न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिए ।

काफ्लेकी श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गरेका थिए। दुवै जनाको सहमति र साक्षीहरुको उपस्थितीमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताए । सत्तरी वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भिड लागेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संशोधनबाहेक राजपाका सबै माग २-३ दिन भित्रै पूरा गर्ने सरकारको  सहमति
संशोधनबाहेक राजपाका सबै माग २-३ दिन भित्रै पूरा गर्ने सरकारको सहमति
आज सुन प्रतिताेला कतिमा कारोबार हुँदैछ  ?
आज सुन प्रतिताेला कतिमा कारोबार हुँदैछ ?
सुरक्ष कारबाहीमा ३१ जना बोको हराम लडाकुको मृत्यु
सुरक्ष कारबाहीमा ३१ जना बोको हराम लडाकुको मृत्यु
गृहमन्त्रीको पिए भन्दै ठगी गर्ने बिष्ट पक्राउ
गृहमन्त्रीको पिए भन्दै ठगी गर्ने बिष्ट पक्राउ
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
महासमिति बैठकपछि देउवालाई सबैले स्वीकार गरेका छन्, फेरी सभापति बन्नुहुन्छ : यादव
कांग्रेस विवाद : पौडेल समूह उत्साहित, संस्थापन पक्ष गल्दै
कांग्रेस विवाद : पौडेल समूह उत्साहित, संस्थापन पक्ष गल्दै
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
सभापति देउबा निरंकुश बनेको नेता केसीको भनाई
सभापति देउबा निरंकुश बनेको नेता केसीको भनाई
गोप्य विवाह गरेका जस्टिन बिबरले गरे पुर्नविवाह
गोप्य विवाह गरेका जस्टिन बिबरले गरे पुर्नविवाह