सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

सारांश

  • काठमाडौँ, २९ भदौ ।
  • मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई सात विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ ।
  • टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८.

काठमाडौँ, २९ भदौ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई सात विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा सवै विकेट गुमाएर ६७ रन बनायो । विजयी लक्ष्य नेपालले १३.४ ओभरमा तीन विकेट गुमाएर पुरा ग¥यो ।

नेपालका लागि सन्दिप सुनारले २० रन, अनिलकुमार साहले १८ र आशिफ शेखले छ रन बनाए । अमित महर्जन १० र सन्दिप जोरा सात रनमा अविजित रहे ।

बलिङतर्फ सिंगापुरका अभि दीक्षितले दुई र अंश भार्गभले एक विकेट लिए ।

सिंगापुरका लागि सिद्धान्तले २० तथा रोहन रंगराजनले ११ रन बनाए । बलिङतर्फ नेपालका लागि पवन सर्राफले ६ विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै चार मेडन राखेर मात्र १२ रन दिए । किशोर महतोले दुई तथा सन्दिप लामिछाने र कप्तान दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?