बुधबार सेयर बजारमा सामान्य गिरावट, कुन कम्पनीले कमाए ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ८, २०७९
|
|
१७ पटक हेरिएको
Shares
बुधबार सेयर बजारमा सामान्य गिरावट, कुन कम्पनीले कमाए ?

सारांश

  • काठमाडौ  ।
  • आज बुधबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ।
  • आज नेप्से सूचक २.

काठमाडौ  ।आज बुधबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ। आज नेप्से सूचक २.८७ अंकले बढेर २०५७.८५ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२३ कम्पनीका ३६ लाख ७८ हजार ७ सय ५ कितात शेयर खरिद बिक्रिबाट १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २ सय १७ रुपैयाँ ८६ पैसाको कारोबार भएको छ । जस मध्ये अरुण काबेली पावरको सबैभन्दा धेरै १६ करोड ९२ लाखको कारोबार भएको छ । त्यस्तै अपि पावरको ८ करोड ८ लाख, रिडी पावरको ५ करोड ६४ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ११ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४७ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ट्रेडिङ, फाइनान्स, निर्जीवन बीमा कम्पनी, उत्पदन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । आज ट्रेडिङ समुहको समुहगत सूचक सर्वाधिक १.०६ अंकले घटेको छ । त्यस्तै जीवन बीमा समुह सर्वाधिक ०.६७ प्रतिशत बढेको छ ।

आज मन्दाकिनी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अपर हेवाखोलाको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै रुरु हाइड्रोको शेयर मूल्य ५.८६ प्रतिशत तथा अरुण काबेलीको शेयर मूल्य ५.२५ प्रतिशतले बढेको छ ।

आज सिद्धार्थ इक्विटी फण्डको इकाई मूल्य सर्वाधिक ३.५८ प्रतिशतले घटेको छ भने गुर्खाज फाइनान्सको शेयर मूल्य २.३६ प्रतिशत घटेको छ । त्यस्तै एनएलजी इन्स्योरेन्सको शेयर मूल्य २.३१ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?