अब कर्मचारीको तलब गाउँपालिका, नगरपालिकाबाट
सारांश
- काठमाडौँ ।
- सरकारले अबदेखि नयाँ सरुवा हुने कर्मचारीलाई सम्बन्धित गाउँपालिका, नगरपालिकाबाटै तलब वितरण गर्ने भएको छ ।
- आर्थिक वर्ष २०७५/७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित स्थानीय तहबाट नै पारिश्रमिक पठाउने भएको हो ।
काठमाडौँ । सरकारले अबदेखि नयाँ सरुवा हुने कर्मचारीलाई सम्बन्धित गाउँपालिका, नगरपालिकाबाटै तलब वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७५/७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित स्थानीय तहबाट नै पारिश्रमिक पठाउने भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको हो । सरुवा गरिएका कर्मचारीले सम्बन्धित स्थानीय तहमा नजाने भएकाले यो आर्थिक वर्षदेखि कर्मचारी जहाँ सरुवा हुन्छन् त्यहीँ पठाउने गरेका छौं ।
पारिश्रमिक पठाउँदा अनिवार्य कर्मचारी जाने भएकाले कर्मचारीलाई स्थानीय तहमा पठाउन सजिलो होस् भन्नका लागि पनि सम्बन्धित गाउँपालिका, नगरपालिकामा तलब पठाउन थालिएको मन्त्रालयले जनाएको छ । मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा अपुग भएका कर्मचारीलाई केन्द्रबाट पठाउँदै आएको छ । स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहने बताइएको छ ।
यसअघि केन्द्रका कर्मचारी सरुवा भए पनि अघिकै कार्यालयबाट पारिश्रमिक बुझ्ने भएकाले स्थानीय तहमा नगएर हैरान बनाएका थिए ।
(Klonopin)
प्रतिक्रिया