भाग्यले ठगेका एमालेका यी प्रभावशाली नेताहरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
४९ पटक हेरिएको
Shares
भाग्यले ठगेका एमालेका यी प्रभावशाली नेताहरु

सारांश

  • काठमाडौँ, ६ माघ ।
  • राष्ट्रियसभा सदस्यको उम्मेदवारको लागि एमालेको केन्द्रीय कमिटीको निर्देशन अनुसार जिल्ला कमिटीले नाम सिफारिस गरिसकेका छन् ।
  • तर जिल्लाबाट गरिएको सिफारिसमा एमालेका केही प्रभावशाली नेताहरुको नाम अटाएन ।

काठमाडौँ, ६ माघ । राष्ट्रियसभा सदस्यको उम्मेदवारको लागि एमालेको केन्द्रीय कमिटीको निर्देशन अनुसार जिल्ला कमिटीले नाम सिफारिस गरिसकेका छन् । तर जिल्लाबाट गरिएको सिफारिसमा एमालेका केही प्रभावशाली नेताहरुको नाम अटाएन ।

प्रदेश नम्बर ३ मा मन्त्रीसमेत भइसकेका प्रभावशाली नेताहरु जिल्लाको राष्ट्रियसभा सदस्य सिफारिसमा परेनन् । राष्ट्रियसभा सदस्यका प्रबल दाबेदार मानिएका एमाले नेताहरु प्रदीप नेपाल, रघुजी पन्त, बेदुराम भुसाल, गंगालाल तुलाधर, महेन्द्रबहादुर पाण्डे, गोपाल शाक्य लगायतका नेताहरुलाई जिल्लाले राष्ट्रियसभाको लागि सिफारिस गरेन । भुसालबाहेक सबै नेता मन्त्री भइसकेका छन् । नेपाल र तुलाधार पूर्व शिक्षामन्त्री हुन् भने पन्त श्रम तथा यातायात मन्त्री भइसकेका छन् । त्यसैगरी पाण्डे पूर्वपरराष्ट्रमन्त्री हुन् ।

त्यस्तै एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा लगायतका नेताहरुको नाम पनि जिल्लाको सिफारिसमा अटाएन । बोहोरा पार्टीको कार्यबाहक महासचिवको भूमिकासमेत निर्वाह गरिसकेका नेता हुन् ।

प्रदेश नम्बर ४ बाट वाचस्पति देवकोटा पनि जिल्लाको सिफारिसमा नपरेको नाम हो । प्रदेश नम्बर ७ बाट राष्ट्रियसभाका आकांक्षी पार्टी नेताहरु भानुभक्त जोशी, गोविन्द कलौनीहरुको नाम पनि कटाइएको छ । दैनिकनेपाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
युवासंघको नवौँमहाधिवेशनको  नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान
युवासंघको नवौँमहाधिवेशनको नारा‘‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान
अब कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा
अब कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु ,औषधि र उपचार अझै पुगेन !
मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु ,औषधि र उपचार अझै पुगेन !
पशुपति क्षेत्र हरियाली अभियान यसरी शुरु भयो
पशुपति क्षेत्र हरियाली अभियान यसरी शुरु भयो
नेकपा सचिवालय बैठक : उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन
नेकपा सचिवालय बैठक : उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
कुनै बेला पाकिस्तानी सेनाका कट्टर प्रतिद्वन्द्वी नवाज शरिफ स्वदेश फर्किए
कुनै बेला पाकिस्तानी सेनाका कट्टर प्रतिद्वन्द्वी नवाज शरिफ स्वदेश फर्किए
भारत भागदौड : अधिकांश महिला र बालबालिकासहित १ सय १६ भन्दा बढीको मृत्यु
भारत भागदौड : अधिकांश महिला र बालबालिकासहित १ सय १६ भन्दा बढीको मृत्यु