राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलकाे निवेदन
सारांश
- काठमाडाैं ।
- माघ २५ गतेका लागि तय भएकाे राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ वटा दलले निवेदन निर्वाचन आयोगमा दिएका छन् ।
- नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, राप्रपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र बहुजन शक्ति पार्टीले दल दर्ताकाे निवेदन दिएका आयोगले जनाएको छ ।
काठमाडाैं । माघ २५ गतेका लागि तय भएकाे राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ वटा दलले निवेदन निर्वाचन आयोगमा दिएका छन् ।नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, राप्रपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र बहुजन शक्ति पार्टीले दल दर्ताकाे निवेदन दिएका आयोगले जनाएको छ ।
आयाेगले पुस २५ देखि २८ गतेसम्म दल दर्ताका लागि समय दिएकाे थियाे ।लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि साे पद रिक्त थियाे । साेही ठाउँमा उपचुनाव हुन लागेकाे हाे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया