प्रारम्भिक मत परिणाम: एमाले पहिलो, कांग्रेस दोस्रो, मा‌ओवादी तेस्रो (प्रदेश अनुसार रिपोर्ट)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
६१ पटक हेरिएको
Shares
प्रारम्भिक मत परिणाम: एमाले पहिलो, कांग्रेस दोस्रो, मा‌ओवादी तेस्रो (प्रदेश अनुसार रिपोर्ट)

सारांश

  • काठमाडौँ, १५ असार ।
  • स्थानीय तह दोस्रो चरणको प्रारम्भिक मत परिणामअनुसार नेकपा एमाले पहिलो स्थानमा देखिएको छ ।
  • यसैगरी नेपाली काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

काठमाडौँ, १५ असार । स्थानीय तह दोस्रो चरणको प्रारम्भिक मत परिणामअनुसार नेकपा एमाले पहिलो स्थानमा देखिएको छ । यसैगरी नेपाली काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

दिउँसो ४ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले ५१ स्थानीय तहमा अग्रता लिइरहेको छ । कांग्रेसले ४९ ठाउँमा अग्रता लिएको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्र २१ स्थानमा अगाडि देखिएको छ ।

संघीय समाजवादी फोरम र नयाँशक्ति ४, फोरम लोकतान्त्रिक ३ र राप्रपा १ ठाउँमा अगाडि देखिएका छन् ।

प्रदेश अनुसार हेर्ने हो भने, १ नम्बर प्रदेशमा एमाले २०, प्रदेश नम्बर ५ मा १६ र प्रदेश नम्बर ७ मा १५ स्थानीय तहमा अगाडि छ । यसैगरी, नेपाली काँग्रेस प्रदेश नम्बर १ मा १८, प्रदेश नम्बर ५ मा १७ र प्रदेश नम्बर ७ मा १४ स्थानमा अगाडि छ ।

माओवादी केन्द्र प्रदेश नम्बर १ मा ४, प्रदेश नम्बर ५ मा ९ र प्रदेश नम्बर ७ मा ८ स्थानीय तहमा अगाडि छ ।

निर्वाचन आयोगका अनुसार, विभिन्न जिल्लामा जारी मतगणनाको परिणाम धमाधम आइरहेको छ । बुधबार प्रदेश नम्बर १, ५ र ७ को निर्वाचन भएको थियो । अहिले १६८ स्थानीय तहको मतगणना भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूचना प्रविधिका क्षेत्रमा नेपाल प्रतिस्पर्धी : मन्त्री शर्मा
सूचना प्रविधिका क्षेत्रमा नेपाल प्रतिस्पर्धी : मन्त्री शर्मा
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
निषेधाज्ञा हट्ने !
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
मेलम्ची खानेपानी आयोजनाको काम सीएमसीले नै पुरा गर्छः प्रधानमन्त्री ओली
मेलम्ची खानेपानी आयोजनाको काम सीएमसीले नै पुरा गर्छः प्रधानमन्त्री ओली
देउवाको राजीनामा चर्चासँगै कमल थापा मन्त्रालयबाट बिदा !
देउवाको राजीनामा चर्चासँगै कमल थापा मन्त्रालयबाट बिदा !
अब कुनै पनि कर्मचारीले लोक सेवाका तयारी कक्षा पढाउन निषेध
अब कुनै पनि कर्मचारीले लोक सेवाका तयारी कक्षा पढाउन निषेध
डोजरले हानेर एक विद्यार्थी घाइते
डोजरले हानेर एक विद्यार्थी घाइते
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
जेठ २० गतेको राशीफल यस्तो छ, कसैको साँझसम्म सुखद खबर आउने, कसैको प्रेमसम्बन्धमा दरार आउने

तपाईंले छुटाउनुभयो कि?