नेकपाको वैठकमा यस्तोसम्म कुरा उठ्यो ‘एक नेता एक पद’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नेकपाको वैठकमा यस्तोसम्म कुरा उठ्यो ‘एक नेता एक पद’

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सरकारले भनेजस्तो काम नगरेको भन्दै मन्त्रिपरिषद पुनर्गठनको मागसम्म उठेको छ ।
  • एउटा व्यक्तिलाई कि पार्टीमा जिम्मा दिनुपर्ने कि सरकारमा दिनुपर्ने माग भएको छ ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सरकारले भनेजस्तो काम नगरेको भन्दै मन्त्रिपरिषद पुनर्गठनको मागसम्म उठेको छ ।

एउटा व्यक्तिलाई कि पार्टीमा जिम्मा दिनुपर्ने कि सरकारमा दिनुपर्ने माग भएको छ । एउटैले दुवैतिरको काम जिम्मा लिँदा कुनै पनि काम राम्रो हुन नसकेको टिप्पणीसमेत गरिएको छ । जनताले चाहे अनुसारको काम गर्न नसक्ने मन्त्रीलाई हटाएर अर्को मन्त्री राख्न समेत माग उठेको हो ।

तर, कुन मन्त्रालय वा कुन मन्त्रीको ठाउँमा को राख्ने भन्ने बारेमा भने छलफल भैसकेको छैन ।
राजनीतिक प्रतिवेदनमाथिको छलफल गर्दा मन्त्रीहरु परिवर्तनसम्मको माग उठाउँदै छलफल भएको हो ।

सरकार र पार्टीमा ‘एक व्यक्ति एक पद’ नीति कार्यान्वयन तथा सरकार पुनर्गठन गर्न नेतृत्वसँग माग भएको छ । अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदा मन्त्री परिवर्तनसम्मको माग उठेको हो ।

एकजनालाई एउटा मात्र पदमा जिम्मेवारी दिएर अघि बढ्न समेत छलफल भएको छ । बैठकमा नेता वामदेव गौतमले राखेको फरक दस्तावेज पेश गरेका छन् । उनकै दस्तावेजमा एक व्यक्तिलाई एउटामात्र काम गर्ने प्रस्ताव राखिएको हो ।

बामदेवको प्रस्तावमा छलफल हुँदै गर्दा प्रदेश ५ का मुख्यमन्त्री एवं पार्टी इन्चार्ज शंकर पोखरेलले आफू मुख्यमन्त्री छाड्न तयार रहेको बताए । तर, पार्टीको जिम्मेवारीबाट पछि नहट्ने बताएका थिए।

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि पार्टीका इन्चार्ज हुन । उनी पनि दोहोरो जिम्मेवारीमा छन् । यस्तै पार्टीमा पनि महत्वपूर्ण जिम्मेवारी पाएका र सरकारमा समेत सामेल भएकालाई एउटामात्र पद दिने कुरा छलफलमा त उठ्यो व्यवहारमा के हुन्छ हेर्न बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?