मन्त्री बाँस्कोटाले पाँचखालका २ बालिकाको शिक्षाको अभिभावकत्व लिए
सारांश
- नेपाल सरकाले सुरु गरेको बिद्यार्थी भर्ना अभियानमा पाँचखाल नगरपालिकाका दुई बाबू नभएका साना टुहुर नानीहरुलाई सुचना तथा संचार प्रबिधी मन्त्री गोकुल बाँस्कोटाको अभिभावकत्वमा बिद्यार्थी भर्ना गरियो ।
- मन्त्री बाँस्कोटाको कार्यब्यस्तताका कारण उनको प्रतिनिधिको रुपमा पाँचखाल १ मा वडा अध्यक्ष अष्ट तामाङले आमा र बाबु दुबै नभएकी पृतम तामाङ ज्ञानेस्वरी मा.
- बि.
नेपाल सरकाले सुरु गरेको बिद्यार्थी भर्ना अभियानमा पाँचखाल नगरपालिकाका दुई बाबू नभएका साना टुहुर नानीहरुलाई सुचना तथा संचार प्रबिधी मन्त्री गोकुल बाँस्कोटाको अभिभावकत्वमा बिद्यार्थी भर्ना गरियो । मन्त्री बाँस्कोटाको कार्यब्यस्तताका कारण उनको प्रतिनिधिको रुपमा पाँचखाल १ मा वडा अध्यक्ष अष्ट तामाङले आमा र बाबु दुबै नभएकी पृतम तामाङ ज्ञानेस्वरी मा.बि. पाँचखाल १ र पाँचखाल ६ मा वडाअध्यक्ष बालकृष्ण सापकोटाले गत बर्ष बाबु गुमाएकीे निस्मा सुनारको जनउद्वार प्रा.बि.मा भर्ना गरे ।

कार्यक्रममा पाँचखाल नगरका नेकपा तर्फबाट कन्चन अधिकारी , आईतेसिंह तामाङ, पुष्कर ढकाल, हरि खतिवडा, नारायण ढकाल कुलमान तामाङ लगायतको सहभागिता रहेको थियो । मन्त्री बाँस्कोटाले थप दुई नानीहरुलाई पढाई दिने जिम्मेवारी लिएकाकोमा पाँचखालबासीले धन्यवाद दिएका छन् ।

यसअघि मन्त्री बाँस्कोटाले पाँचखाल १२ का सुजन दनुवारलाई विद्यालय भनाए गराएका थिए ।
प्रतिक्रिया