मन्त्री महासेठकाे अर्काे चर्तिकला !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
४० पटक हेरिएको
Shares
मन्त्री महासेठकाे अर्काे चर्तिकला !

सारांश

  • काठमाडौं, १३ कात्तिक ।
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वीपी राजमार्गमा ठूला सवारीहरुलाई पनि अनुमति दिएका छन् ।
  • सर्वोच्च अदालतले विपी राजमार्गको बनेपा बर्दिबास सडक खण्डमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने यसअघिको अन्तरिम आदेश खारेज गरेको थियो ।

काठमाडौं, १३ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वीपी राजमार्गमा ठूला सवारीहरुलाई पनि अनुमति दिएका छन् । सर्वोच्च अदालतले विपी राजमार्गको बनेपा बर्दिबास सडक खण्डमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने यसअघिको अन्तरिम आदेश खारेज गरेको थियो । सर्वोच्चको आदेशसँगै उक्त राजमार्गमा अब ३२ सिटसम्मको क्षमता भएका सवारीसाधन सञ्चालनको कानुनी बाटो खुलेको थियोे ।

न्यायाधीशद्वय मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले सरकारले जेठ १३ गते गरेको नीतिगत निर्णयमा यातायात सञ्चालन, नियमित र व्यवस्थित गर्नसक्ने अवस्था विद्यमान रहेको भन्दै यसअघिको आदेश खारेज गरेको थियो । सयुक्त इजलासको आदेशमा भनिएको छ ‘प्राविधिक समितिले दिएको प्रतिवेदनका आधारमा प्राविधिक दृष्टिले उपयुक्तता समेतको मूल्याङ्कन गरी यातायात सञ्चालन सम्बन्धमा उपयुक्त शर्त र मापदण्ड निर्धारण गर्ने सम्बन्धमा मन्त्रिस्तरबाट मिति २०७५÷०२÷१३ मा नीतिगत निर्णय भएको देखियो ।’

स्रोतका अनुसार यातायात व्यवसायीले बिपी राजमार्गमा ठूला गाडी चलाउने अनुमति दिन माग गरेअनुसार मन्त्री महासेठले यो निर्णय गरेका हुन् । रिपाेर्टस नेपालका अनुसार यस अघि १० टनसम्मका ट्रकमात्रै चलाउन पाउने नियम थियो भने अहिले भने १६ टनसम्म वजन भएका ट्रक तथा ट्रिपर चलाउन पाउने निर्णय भएको छ ।अब यातायात व्यवस्था विभागले ३२ सिटसम्ममा बस र १६ टनसम्मका मालबाहक सवारीलाई यो राजमार्गमा रुट इजाजत दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?