शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
२४ पटक हेरिएको
Shares
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री

सारांश

  • काठमाडौं, ११ साउन ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् ।
  • बुधबार दिउँसो साँढे चार बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ ग्रहण भएको हो ।

काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् ।

बुधबार दिउँसो साँढे चार बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ ग्रहण भएको हो । नवनियुक्ती मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवाले सपथ गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख ओनसरी घर्तीमगर र शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिएका हुन् । देउवाले दोस्रो पटक १९ जनालाई समेटेर मन्त्रिमण्डल विस्तार गर्दा जम्मा ३ जना मात्रै महिला मन्त्री भएका छन् । मन्त्री हुने महिलाहरुमा क्रमशः अम्बिका बस्नेत, आशा खनाल कोइराला र मिथिला चौधरी रहेका छन् । बस्नेत कांग्रेसबाट, कोइराला माओवादी केन्द्रबाट र चौधरी नेकपा संयुक्तबाट मन्त्री भएका हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?