पारसलाई प्रेसर, दुई खेल दुई हार !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
पारसलाई प्रेसर, दुई खेल दुई हार !

सारांश

  • काठमाडौँ, १२ कात्तिक ।
  • पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा पारस खड्काको टिम चितवन राइनोजले लगातार दोस्रो पटक पराजित भएको छ ।
  • सोमबार भएको खेलमा घरेलु टिम पोखरा पल्टनसँग चितवन ५ विकेटले पराजित भएको हो ।

काठमाडौँ, १२ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा पारस खड्काको टिम चितवन राइनोजले लगातार दोस्रो पटक पराजित भएको छ । सोमबार भएको खेलमा घरेलु टिम पोखरा पल्टनसँग चितवन ५ विकेटले पराजित भएको हो ।


शुन्य रन मै दुई विकेट गुमाएको पोखरा पछि सम्हालिएर खेल्दा नतिजा आफ्नो पक्षमा पारेको हो । १ सय ४१ रनको लक्ष्य पछ्याएको पोखराले १७ बल र ५ विकेट बाँकि रहँदा नै जितेको हो । पोखराका लागि रवि इन्दर सिँहले ६५, कप्तान सरद भेषावकरले ३७ तथा रोहित पौडेलले १९ रन बनाएका थिए । चितवनका करण केसी एक्लैले ३ विकेट लिएपनि आफ्नो टिमलाई जिताउन भने सकेनन् ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । चितवनका लागि सनी पटेलले ४६, कप्तान पारस खड्काले ४४, सोनु तामाङले २१ तथा अनिल शाहले १६ रन बनाएका थिए । पोखराका विक्रम भुषालले २ विकेट लिएका थिए ।


दवै खेलमा पराजित भएको चितवन अब दबाबमा परेको छ । प्लेअफ खेल्न का लागि चितवनलाई अबका खेल जित्नैपर्ने हुन्छ । त्यस्तै तीन खेलबाट दुई जित सहित चार अंक बटुलेको पोखरा बलियो अवस्थामा देखिएको छ । सोमबार नै भएको अर्को खेलमा काठमाडौँ रोयल्सले विराटनगर टाइटनलाई पराजित गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?