सडक दुर्घटनामा सत्र जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ५, २०७९
|
|
१८ पटक हेरिएको
Shares
सडक दुर्घटनामा सत्र जनाको मृत्यु

सारांश

  • ढाका ।
  • बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छभने २५ जनाभन्दा बढी घाइते भएका छन् ।
  • हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक एउटा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् ।

ढाका । बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छभने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक एउटा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् । द्रुत गतिकमा हुँइकिएको बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको छ ।

थोत्रा सवारी साधन, नियमित मर्मतसम्भार नभएका सडक एवम् सवारी साधनका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहन्छन् । गत सडक दुर्घटनामा परी नौ हजार नौ सय ५१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?