मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
४८ पटक हेरिएको
Shares
मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्दै

सारांश

  • पोखरा, २८ भदौ ।
  • कास्की जिल्लाको दक्षिण भेग भरतपोखरीस्थित प्रसिद्ध मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्ने भएको छ ।
  • मन्दिर निर्माणको पहल स्थानीयरुपमा भइरहेका बेला २०७२ को भूकम्पले मन्दिरमा थप क्षति पु¥याएपछि भित्री संरचना एवम् मौलिकता कायमै राख्ने गरी नयाँ स्वरुपमा बनाउने सोच अघि बढेको थियो ।

पोखरा, २८ भदौ । कास्की जिल्लाको दक्षिण भेग भरतपोखरीस्थित प्रसिद्ध मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्ने भएको छ ।मन्दिर निर्माणको पहल स्थानीयरुपमा भइरहेका बेला २०७२ को भूकम्पले मन्दिरमा थप क्षति पु¥याएपछि भित्री संरचना एवम् मौलिकता कायमै राख्ने गरी नयाँ स्वरुपमा बनाउने सोच अघि बढेको थियो । लगभग रु ३० लाखको लागतमा प्यागोडा शैलीको तीनतले मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिरका लागि यसै आवमा पोखरा महानगरपालिका–३३ कार्यालयबाट रु १२ लाख छुट्याइएको छ । मन्दिर निर्माणमा सर्वसाधारणको समेत चासो बढिरहेको बताउँदै उहाँले इच्छुक महानुभावको सहयोगबाट मन्दिरलाई नयाँ स्वरुप दिइने जानकारी दिनुभयो । महानगरपालिका–३३ मा धार्मिक पर्यटकीय तीर्थस्थल मध्येको महत्वपूर्ण गन्तव्य कोटभैरव भएको पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले बताउनुभयो ।

मन्दिर संरक्षण समितिले छरिएरका गुठी जग्गाको खोजी, संरक्षणका साथै शक्ति स्वरुप पुजिँदै आइएका ऐतिहासिक हातहतियारलगायतका सामानको खोजी शुरु गरेको छ । बरकोटका काला जटाभैरवका रुपमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको कोटभैरव मन्दिर र नजिकैको हुडिकोटबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खलाका आँखाले एकसाथ देख्न सकिन्छ ।हरेक वर्षको आश्विन शुक्ल पक्ष (बडा दशैँ) र चैत्र शुक्ल पक्ष (चैते दशैँ)का अवसरमा विशेष पूजाआजा हुने यस मन्दिरबाट साउने सङ्क्रान्तिमा सामूहिक लुतो फाल्ने प्रचलन छ । मनोकामना सिद्ध हुने विश्वासका साथ कास्की, स्याङ्जा, तनहँुलगायतका विभिन्न स्थानबाट भाकलसहित यहाँ सर्वसाधारण पूजाआजा गर्न आउँछन् ।

उक्त क्षेत्रमा जान पोखराको विरौटा हुँदै दोभिल्ला, भाटीको चौतारा, गैरागाउँ, बर पाण्डेथुम, बर माझथर हुँदै मन्दिर जाने मुख्य चोक मनियलडाँडासम्म पोखरा महानगरको बस सेवा नियमित सञ्चालनमा छ ।पोखराको पृथ्वीचोकबाट विजयपुर, पावरहाउस, भञ्ज्याङ, धारपानी हुँदै मनियलडाँडासम्म स्थानीय यातायात बस व्यवसायी समितिले पनि नियमित बस सेवा सञ्चालन गरेको छ । मनियलडाँडासम्म पुग्ने दुवै बाटो पूरै कालोपत्र भएको र बस बिसौनीबाट लगभग १० मिनेटको पैदल यात्राबाट मन्दिर पुग्न सकिन्छ ।बाटोको सुगमतासाथै ऐतिहासिक महत्वको कोटभैरव मन्दिरलाई नयाँ स्वरुपमा निर्माण गरिएसँगै मन्दिर र आसपासका क्षेत्रको अवलोकन एवम् दृश्यावलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी : प्रधानन्यायाधीश कार्की
गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी : प्रधानन्यायाधीश कार्की
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
एकै खेलमा विराटले ताेडे सचिनका दुई रेकर्ड !
एकै खेलमा विराटले ताेडे सचिनका दुई रेकर्ड !
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
सिंहदरबारबाटै पक्राउ परे पत्रकार महासंघका सचिव सहितका अन्य पत्रकार
सिंहदरबारबाटै पक्राउ परे पत्रकार महासंघका सचिव सहितका अन्य पत्रकार
बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट
बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट
मानसरोवर यात्रामा रहेका राहुल गान्धीको प्रतिकात्मक ट्वीट
तीन तहकाे चुनावबाट काङ्ग्रेसकाे सिद्धन्त विजयी : सभापति देउवा
इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक
इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक