मानसरोवर यात्रामा रहेका राहुल गान्धीको प्रतिकात्मक ट्वीट

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ,  २० भदाै ।
  •    कैलाश मानसरोवरको यात्रामा रहेका भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रतिकात्मक ट्वीट गरेका छन् ।
  • उनको यात्राको विषयलाई लिएर भारतीय राजनीतिमा ठूलै खैलाबैला भइरहेका बेला यात्रामा रहेका गान्धीले भने बुधबार बिहान प्रतिकात्मक ट्वीट गरेका हुन् ।

काठमाडौँ,  २० भदाै ।   कैलाश मानसरोवरको यात्रामा रहेका भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रतिकात्मक ट्वीट गरेका छन् । उनको यात्राको विषयलाई लिएर भारतीय राजनीतिमा ठूलै खैलाबैला भइरहेका बेला यात्रामा रहेका गान्धीले भने बुधबार बिहान प्रतिकात्मक ट्वीट गरेका हुन् ।

उनले ट्वीटमा कैलाशले जसलाई बोलाउँछ उसैले यात्रा गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जब कैलाशले बोलाउँछ र जसलाई बोलाउँछ उ यात्रामा निस्कन्छ । यो अवसर पाएकोमा म निकै खुशी छु र यो सुन्दर यात्रामा देखिएका कुरा बाँड्न पाउँदा उत्साहित छु ।’

कैलाश यात्रा ह्यासट्यागमा उनले ट्वीट गरेका छन् । त्यसपछि गरिएको ट्वीटमा राहुलले कैलाश मानसरोवरको सुन्दर दुई तस्बिर पोस्ट गरेका छन् ।

त्यसमा उनले लेखेका छन्, ‘मानसरोवरको पानी निकै निस्चल र शान्त छ । यसले सबथोक दिन्छ र केही पनि गुमाउँदैन । जसले पनि यहाँको पानी पिउन सक्छ । यसमा घृणा छैन । यसैले हो हामीले यो पानीलाई पूजा गर्ने ।’

राहुलको धार्मिक यात्रालाई लिएर भारतीय जनता पार्टीले विभिन्नथरीका प्रश्न गर्दै आएको छ । सत्तामा रहेको भाजपाले राहुलको यात्रा धार्मिक मात्रै नभएर चीनसँगको सम्बन्धका रुपमा चित्रित गरेको थियो ।तर अहिले उनको यात्रामा ‘भेज–ननभेज’ को विषयलाई केन्द्रमा राखिएको छ । राहुल गान्धी गएको शुक्रबार काठमाडौँ आएर बसे । भोलिपल्ट शनिबार उनी चीनको बाटो भएर मानसरोवर यात्रामा निस्किएका हुन् ।

उनले शुक्रबार राति नेवारी खाना खाएको कुरा बाहिर आएपछि त्यसमा ननभेज रहेको र धार्मिक यात्रामा निस्केका व्यक्तिले ननभेज खान नहुने भन्दै भारतीय मिडियामा यसलाई ठूलै विषय बनाइएको छ ।तर राहुल भने आफ्नो यात्रामा मग्न देखिएका छन् र उनले आलोचकहरुलाई प्रतिकात्मक रुपमा जवाफ पनि दिएका छन् । राहुलले आफू शिवभक्त रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?