सिंहदरबारबाटै पक्राउ परे पत्रकार महासंघका सचिव सहितका अन्य पत्रकार
सारांश
- प्रहरीले सिहंदरबारस्थित रेडियो नेपाल परिसरबाट नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत पत्रकारहरुलाई पक्राउ गरेको छ।
- रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्बहालीको माग राख्दै रेडियो नेपाल पुगेका दाहाल, शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निस्काशित पत्रकार प्रकाश बम, चक्र कुँवर, दिलिप पौडेल र योगेन्द्र बलायरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
- प्रेस युनियनका महासचिव शिवाकोटीका अनुसार वार्ताका लागि रेडियो नेपाल पुगेका उनीहरुको माग रेडियो नेपाल प्रशासनले नमानेपछि वार्ता भंग भएको र तालाबन्दी गर्ने तयारीका क्रममा प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले सिहंदरबारस्थित रेडियो नेपाल परिसरबाट नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत पत्रकारहरुलाई पक्राउ गरेको छ। रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्बहालीको माग राख्दै रेडियो नेपाल पुगेका दाहाल, शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निस्काशित पत्रकार प्रकाश बम, चक्र कुँवर, दिलिप पौडेल र योगेन्द्र बलायरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रेस युनियनका महासचिव शिवाकोटीका अनुसार वार्ताका लागि रेडियो नेपाल पुगेका उनीहरुको माग रेडियो नेपाल प्रशासनले नमानेपछि वार्ता भंग भएको र तालाबन्दी गर्ने तयारीका क्रममा प्रहरीले पक्राउ गरेको हो। अहिले पक्राउ परेका पत्रकारहरुलाई प्रदर्शनीमार्ग्स्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ।
प्रतिक्रिया