सुन प्रतितोला ८०० ले बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
सुन प्रतितोला ८०० ले बढ्यो

सारांश

  • पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको रु ८०० ले वृद्धि भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरेको छ ।
  • आइतबार प्रतितोला रु ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार रु ७१ हजार ४०० मा कारोवार भएको थियो ।

पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरेको छ । आइतबार प्रतितोला रु ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार रु ७१ हजार ४०० मा कारोवार भएको थियो ।

महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ९०० निर्धारण गरेको छ । आइतबार रु ७१ हजार ३०० मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला रु ७१ हजार १०० मा खरिदबिक्री भएको थियो ।

स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मङ्गलबार प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला रु ८६५ पुगेको छ ।

(canadianpharmacy365.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?