महराको खुलासाः ‘देउवाजी २९ गतेसम्म ठीक हुनुहुन्थ्यो’
सारांश
- काठमाडौं, माघ ८ ।
- माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्ण बहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवा दुई दिनमै बदलिएको आरोप लगाएका छन् ।
- दाङको लमहीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै महराले भने, ‘२९ गते भन्दा अघिल्लो दिनसम्म देउवाजी ठीक हुनुहुन्थ्यो, तर दुई दिनमै बदलिनुभयो ।
काठमाडौं, माघ ८ । माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्ण बहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवा दुई दिनमै बदलिएको आरोप लगाएका छन् ।
दाङको लमहीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै महराले भने, ‘२९ गते भन्दा अघिल्लो दिनसम्म देउवाजी ठीक हुनुहुन्थ्यो, तर दुई दिनमै बदलिनुभयो ।’
सन्दर्भ हो, प्रदेश ५ को राजधानी दाङलाई बनाउने । महराले दाङलाई राजधानी बनाउनका लागि आफूले राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय शक्तिलाई समेत गुहारेको खुलाशा गरे ।
महराले आफूले दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउनका लागि विभिन्न ठाउँमा गुहार मागेको तर, देउवा सरकारले अदुरदर्शी रुपमा निर्णय गरेको दाबी गरे ।
केही मान्छेहरुको प्रयासले मात्रै होइन । राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेल समेत भएको छ,’ उनले भने, ‘यो चलखेल नेपालको राजनीतिका विरुद्धमा हस्तक्षेप हो । राष्ट्रियतामाथि आँच आएको छ । देउवाजीले गरेको निर्णय असक्षम पनि छ ।’
प्रतिक्रिया