इञ्जिनियर फिर्ता हुँदा पुनः सर्भेक्षण प्रभावित

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
२० पटक हेरिएको
Shares
इञ्जिनियर फिर्ता हुँदा पुनः सर्भेक्षण प्रभावित

सारांश

  • यहाँका भूकम्प प्रभावित बस्तीमा भूकम्पले भत्किएका घर पुनः सर्भेक्षण गर्न खटिएका इञ्जिनियर फिर्ता भएपछि सर्भेक्षणको काम प्रभावित भएको छ ।
  • साउन २८ गतेदेखि गाउँमा परिचालन गरिएका २८ जना इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यालयको निर्देशनमा जिल्लास्थित कार्यालयले फिर्ता बोलाएको हो ।
  • गोरखाका ११ स्थानीय तहका ११ हजार भूकम्पपीडितले घर भत्किए पनि निजी आवास निर्माण गर्न अनुदान नपाएको गुनासो गरेपछि पुनः सर्भेक्षणका लागि इञ्जिनियर खटाइएको थियो ।

यहाँका भूकम्प प्रभावित बस्तीमा भूकम्पले भत्किएका घर पुनः सर्भेक्षण गर्न खटिएका इञ्जिनियर फिर्ता भएपछि सर्भेक्षणको काम प्रभावित भएको छ ।

साउन २८ गतेदेखि गाउँमा परिचालन गरिएका २८ जना इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यालयको निर्देशनमा जिल्लास्थित कार्यालयले फिर्ता बोलाएको हो ।

गोरखाका ११ स्थानीय तहका ११ हजार भूकम्पपीडितले घर भत्किए पनि निजी आवास निर्माण गर्न अनुदान नपाएको गुनासो गरेपछि पुनः सर्भेक्षणका लागि इञ्जिनियर खटाइएको थियो । काम सकिनुअघि नै इञ्जिनियर फिर्ता बोलाइएपछि गर्दा गर्दैको पुनः सर्भेक्षणको काम प्रभावित भएको छ ।

प्राधिकरणको गोरखास्थित कार्यालयका प्रमुख शिवलाल पौडेलका अनुसार २८ जनामध्ये १२ जना इञ्जिनियरले आफ्नो जिम्मेवारीअनुसार पुनः सर्भेक्षण करिब सम्पन्न गरिसकेका थिए भने १६ जनाले काम गर्दै थिए । एघार हजार ९६३ छुटेका घरमध्ये करिब चार हजार वटा घरको सर्वेक्षण गर्न बाँकी छ ।

इञ्जिनियरलाई शुरुमा दुई महिनाको नियुक्ति दिइएको थियो । काम नसकिएपछि फेरि १५ र सात दिन थप गर्दापनि पुनः सर्भेक्षण नसकिएपछि इञ्जिनियरलाई फिर्ता गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । निर्वाचित वडाध्यक्षले आफ्नो वडाभित्र छुटेका घरको सूची दिन नसक्दा काम प्रभावकारी बनाउन नसकिएको उहाँको भनाइ थियो ।

सर्वेक्षणमा खटिएका इञ्जिनियरलाई युनोभेस नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत परिचालन गरिएको र युनोभेसले प्राधिकरणसँग गरेको सम्झौता अवधि सकिएकाले पनि काम नसकिँदै इञ्जिनियर फिर्ता बोलाउनुपरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । अर्कोतर्फ चुनाव नजिकिएकाले पनि इञ्जिनियर फिर्ता बोलाइएको हुनसक्ने बताइएको छ ।

तीन हजार ५०० घर बने

भूकम्प गएको तीन महिनाभन्दा धेरै भइसकेको छ । यस अवधिमा गोरखामा तीन हजार ५०० वटा भूकम्प प्रतिरोधी घर निर्माण भइसकिएका छन् । सरकारी अनुदान रू तीन लाख लिएर घर बनाउनेको संख्या थपिँदै गए पनि घर भने बनिसकेका छैनन् ।

जिल्लास्थित शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयकी ई सुनिता श्रेष्ठका अनुसार अहिलेसम्म तीन हजार ५०० जना भूकम्पपीडित लाभग्राहीलाई तेस्रो किस्ता रकम दिइसकिएको छ ।

बाह्र हजार ७९१ जना भूकम्पपीडित लाभग्राहीले दोस्रो किस्ता र ५६ हजारजना लाभग्राहीले पहिलो किस्ताको रकम बुझेका छन् । निर्माण सामग्री, दक्ष कामदारको अभाव एकातिर छ भने यो वर्ष निर्वाचन नै निर्वाचन हुँदा पनि पुनःनिर्माणको काम प्रभावित बनेको भूकम्पपीडित बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब ब्रोकर कम्पनीबाटै सेयर कर्जा
अब ब्रोकर कम्पनीबाटै सेयर कर्जा
पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा
पुर्ब प्रम भट्टराईको हिन्दु धर्म प्रतिको अभिव्यक्ति आपत्तिजनकः कमल थापा
राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसनको  अन्तिम इभेन्ट १५ सेप्टेम्बर २०१७ मा आयोजित हुनगइरहेको  छ ।
राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसनको अन्तिम इभेन्ट १५ सेप्टेम्बर २०१७ मा आयोजित हुनगइरहेको छ ।
दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाको १७ सदस्यीय कार्यदल गठन
दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाको १७ सदस्यीय कार्यदल गठन
फोरममा मन्त्री छान्न उपेन्द्र यादवलाई सकस
फोरममा मन्त्री छान्न उपेन्द्र यादवलाई सकस
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल
एमसीसी सम्झौतामा दुईचोटि परिमार्जन भइसकेको प्रचण्डको खुलासा
एमसीसी सम्झौतामा दुईचोटि परिमार्जन भइसकेको प्रचण्डको खुलासा
उपत्यकामा पाँच महिनामा ७६ को मृत्यु
उपत्यकामा पाँच महिनामा ७६ को मृत्यु
प्रचण्डको उत्तेजक अभिव्यक्ति
प्रचण्डको उत्तेजक अभिव्यक्ति
ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन
ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन

तपाईंले छुटाउनुभयो कि?