महाकाली करिडोर विकासको मेरुदण्ड : प्रमुख सचेतक लेखक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०८०
|
|
१८ पटक हेरिएको
Shares
महाकाली करिडोर विकासको मेरुदण्ड : प्रमुख सचेतक लेखक

सारांश

  • महेन्द्रनगर ।
  •   नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिंकरसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताएका छन् ।
  • कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा डडेल्धुराको जोगबुढासम्म पुगेका प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतिको मार्गका रूपमा लिनुपर्ने बताए ।

महेन्द्रनगर ।  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिंकरसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताएका छन् ।

कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा डडेल्धुराको जोगबुढासम्म पुगेका प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतिको मार्गका रूपमा लिनुपर्ने बताए ।

‘साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ’, उनले भने, ‘यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ ।’

पर्यटकीय विकास एवं विस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथ मन्दिरबाट परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुरामधामसित जोडेर विकास गर्नुपर्नेमा प्रमुख सचेतक लेखकले जोड दिए ।

करिडोर अनुगमन गर्दै परशुरामधाम पुगेका उनीसहितको टोली धाममा आयोजित मकर मेलामासमेत सहभागी भएको थियो ।

‘करिडोरअन्तर्गत रुख कटानको समस्या चारवटै जिल्ला (कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला) मा हल भएर निर्माण अघि बढेको छ। करिडोरको ट्रयाक हुँदै यसपालि डडेल्धुरा आयौं, अर्को पटक बैतडीसम्म पुग्ने योजना छ’, प्रमुख सचेतक लेखकले भने ।

विकासलाई समृद्धि र पर्यटनसित जोड्ने अभियानअन्तर्गत अघि बढेको उल्लेख गर्दै उनले भारतको पूर्णागिरि दर्शनका लागि आउने भारतीय भक्तजनलाई ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरको दर्शनपछि परशुरामधामसम्म पुर्‍याउने गरी योजना बनाउनुपर्ने बताए ।

‘हरेक वर्ष फागुनदेखि जेठसम्म लाखौं भारतीय भक्तजन पूर्णागिरिपछि सिद्धनाथ मन्दिर दर्शन गर्न आउँछन्’, नेता लेखकले भने, ‘अब सिद्धनाथ मन्दिर आउने पर्यटकलाई करिडोर हुँदै परशुरामधाम पुर्याउनेगरी प्रचार–प्रसारमा जोड दिनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?