केकीलाई कम्पनीको ब्राण्ड एम्बेसडर घोषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २४, २०७३
|
|
१६७ पटक हेरिएको
Shares
केकीलाई कम्पनीको ब्राण्ड एम्बेसडर घोषणा

सारांश

  • बिदेशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श सेवा दिँदै आएको राइट एण्ड एसोसिएटले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्बेसडरमा अनुबन्धित गरेको छ ।
  • राइट एण्ड एसोसिएटले सेवा सुरु गरेको १६ औं बर्ष पुगेको अबसरमा शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा केकीलाई कम्पनीको ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो ।
  • ‘बिदेशमा अध्ययन गरेर सीप र ज्ञान हाँसिल गरी देशलाई केही गर्न खोज्ने युवाहरुलाई राइटले सही बाटो देखाइदिएको छ’ केकीले भनिन- पुरानो र बिश्वसनीय कम्पनीसँग अनुबन्धित हुन पाउँदा मलाई खुसी लागेको छ ।

बिदेशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श सेवा दिँदै आएको राइट एण्ड एसोसिएटले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्बेसडरमा अनुबन्धित गरेको छ ।
राइट एण्ड एसोसिएटले सेवा सुरु गरेको १६ औं बर्ष पुगेको अबसरमा शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा केकीलाई कम्पनीको ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो ।

‘बिदेशमा अध्ययन गरेर सीप र ज्ञान हाँसिल गरी देशलाई केही गर्न खोज्ने युवाहरुलाई राइटले सही बाटो देखाइदिएको छ’ केकीले भनिन- पुरानो र बिश्वसनीय कम्पनीसँग अनुबन्धित हुन पाउँदा मलाई खुसी लागेको छ ।’

वनमन्त्री शंकर भण्डारीसमेत उपस्थीत सो कार्यक्रममा कम्पनीका निर्देशकद्वय परशुराम अधिकारी र निर्देशक बालचन्द्र भट्टराइले कम्पनीको स्थापना र १६ बर्षे यात्राका बारेमा जानकारी गराउनुभएको थियो ।

मुलतः अष्ट्रेलियामा अध्ययन गर्न जाने बिद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउने राइट्सले काठमाण्डौको पुतलीसडक र सिड्नीमा आफ्नो कार्यालय स्थापना गरेको छ । यसका शाखाहरु अष्ट्रेलियाको मेलवर्न र नेपालको चितवनमा पनि रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?