नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २, २०७९
|
|
२२ पटक हेरिएको
Shares
नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली

सारांश

  • काठमाडौं ।
  • प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन्।
  • बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसर भएको बताए।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसर भएको बताए।

नागरिकता जस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’को रुपमा नलिई यसमा विवेक पुर्‍याएर आवश्यक निर्णय लिनुपर्ने उनको भनाइ छ। विधेयकमा संसदीय नियमावलीअनुसार संशोधन प्रस्ताव राख्न पाउने अधिकार सुनिश्चित गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षणसमेत गराए।

जनताको प्रतिक्रियालाई समेत सुनेर सो विधेयकबारे सदनले आवश्यक निर्णय लिनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि सोहीअनुसार छलफललाई अघि बढाउनुपर्ने आवश्यक औंल्याए।

बहुमतको आधारमा सो विधेयक जबरजस्ती पारित गरेर पठाउने प्रयास गरिए त्यसको परिणाम राम्रो नहुने पनि बताए।

संसदमा विचाराधीन सो विषयलाई सत्तारुढ गठबन्धनले जस्ताको तस्तै राष्ट्रपतिलाई फिर्ता पठाउने निर्णय गरेर संसद र यसको गरिमाको धज्जी उडाएको आरोप लगाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?