सुस्मिता चौधरीको अभिभावक प्रतिनिधि सभा सदस्य पौडेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सुस्मिता चौधरीको अभिभावक प्रतिनिधि सभा सदस्य पौडेल

सारांश

  • दाङ, १४ बैशाख ।
  • कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जानबाट वञ्चित भएकी बालिका सुस्मिता चौधरी विद्यालय भर्ना भएकी छिन् ।
  • प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले अभिभाकत्व ग्रहण गरेपछि ७ वर्षीया बालिका सुस्मिता विद्यालय भर्ना भएकी हुन् ।

दाङ, १४ बैशाख । कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जानबाट वञ्चित भएकी बालिका सुस्मिता चौधरी विद्यालय भर्ना भएकी छिन् । प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले अभिभाकत्व ग्रहण गरेपछि ७ वर्षीया बालिका सुस्मिता विद्यालय भर्ना भएकी हुन् ।

सानैमा बुबा गुमाउँदा आर्थिक कमजोर भएर विद्यालय जानबाट बञ्चित सुस्मितालाई प्रतिनिधि सभा सदस्य पौडेलले महेन्द्र माध्यमिक विद्यालय धर्नाको कक्षा १ मा भर्ना गर्दै पठनपाठनको जिम्मा लिएकी हुन् । विद्यालयको अंग्रेजी माध्यमतर्फ कक्षा १ मा भर्ना गर्दै प्रतिनिधि सभा सदस्य पौडेलले सुस्मिताको अध्ययन सहयोगलाई निरन्तरता दिँदै जाने बताइन् ।

आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएको खबर सुनेर आफूले सुस्मिताको अभिभाकत्व ग्रहण गरेको प्रतिनिधि सभा सदस्य पौडेलले बताइन् । “मैले यसपूर्व पनि एकल महिला भत्ताबाट प्राप्त रकमबाट बालबालिकाको अध्ययनमा सहयोग पु¥याउँदै आएकी थिएँ । सोही क्रमको निरन्तरता स्वरुप यस वर्षदेखि सुस्मिताको अभिभाकत्व ग्रहण गरेकी छु”, पौडेलले भनिन्, “मेरो सहयोगले सुस्मिताको भविष्य निर्माण हुनेछ भन्ने अपेक्षा लिएकी छु ।”

शिक्षा मानिसका लागि अपरिहार्य भएको भन्दै प्रतिनिधि सभा सदस्य पौडेलले हरेक बालबालिकाहरुलाई विद्यालय आउने वातावरण निर्माण गर्नुपर्ने बताइन् । सुस्मिताको अभिभाकत्व ग्रहण गर्दै प्रतिनिधि सभा सदस्य पौडेलले विद्यालय पोशाक, कापी, कलमलगायतका शैक्षिक सामग्री प्रदान गरेकी थिइन् ।

छोरीको अभिभाकत्व ग्रहण गरिदिएकोमा प्रतिनिधि सभा सदस्य पौडेलप्रति खुसी व्यक्त गर्दै सुस्मिताकी आमा सविता चौधरीले आर्थिक अवस्था कमजोर हुँदा छोरीलाई विद्यालय पठाउन नसकेको बताइन् । “सांसदले छोरीको पढाई खर्च बेहोर्ने भन्नुभएको छ । यो सुनेर खुसी लागेको छ”, उनले भनिन् । वैदेशिक रोजगारको सिलसिलामा भारतमा हुँदा श्रीमान्को मृत्यु भएको भन्दै सविताले रोजगारीको अभावमा आफूले छोरीको पठनपाठनलाई निरन्तरता दिन नसकेको बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?