आदिवासी/जनजाति पत्रकार महासंघको छैठौं महाधिवेशन चैतमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
३२ पटक हेरिएको
Shares
आदिवासी/जनजाति पत्रकार महासंघको छैठौं महाधिवेशन चैतमा

सारांश

  • काठमाडौं, १ फागुन ।
  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैठौं महाधिवेशन आगामी चैत २३ र २४ गते काठमाडौंमा हुने भएको छ ।
  • फोनिजको काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले छैठौं महाधिवेशन सम्पन्न गर्न अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा ३९ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

काठमाडौं, १ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैठौं महाधिवेशन आगामी चैत २३ र २४ गते काठमाडौंमा हुने भएको छ । फोनिजको काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले छैठौं महाधिवेशन सम्पन्न गर्न अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा ३९ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

मूल आयोजक समितिमा केन्द्रीय समिति, सदस्य संगठनका एक÷एक जना प्रतिनिधि र काठमाडौं उपत्यकाका ३ शाखाका अध्यक्षहरु रहेका छन् । बैठकपछि फोनिजका संगठन सचिव मनोज घर्तीमगरले जारी गरेको प्रेस विज्ञप्तिमा महाधिवेशन सफल पार्नका लागि सबैलाई सहयोगका लागि अनुरोध समेत गरिएको छ । बैठकले जिल्ला अधिवेशनहरु आगामी फागुन १५ गतेभित्रमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

बैठकले गरेका निर्णयहरु :
१. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैठौँ संघीय महाधिवेशन २०७४ चैत २३ र २४ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरियो ।
२. महाधिवेशनको तयारी लगायतका काम सम्पन्न गर्न निम्न बमोजिमका समितिहरु गठन गरिएको छ ।
क) मूल आयोजक समिति ः महाधिवेशन सम्पन्न गर्न फोनिजका अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा केन्द्रीय समिति, संस्थागत सदस्य संस्थाका १÷१ जना प्रतिनिधि र उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु रहेको ३९ सदस्यीय मूल आयोजक समिति गठन गरियो ।
ख) महाधिवेशन सल्लाहकार समिति ः केन्द्रीय समितिका सल्लाहकारहरु रहनुभएको सल्लाहकार समिति गठन गरियो ।
ग) आर्थिक तथा व्यवस्थापन समिति ः संगठनका कोषाध्यक्ष टेकराज थामीको संयोजकत्वमा क्षेत्रीय संयोजकहरु, उपत्यकामा रहेका केन्द्रीय सदस्य र उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु सदस्य रहेको आर्थिक तथा व्यवस्थापन समिति गठन गरियो ।
घ) प्रतिनिधि व्यवस्थापन समिति ः संगठन सचिव मनोज घर्तीमगरको संयोजकत्वमा क्षेत्रीय संयोजकहरु, केन्द्रीय सदस्यहरु गणेशमान गुरुङ, जगत दोङ, यमन दनुवार, श्रीकृष्ण महर्जन सदस्य रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरियो ।
ङ) प्रचारप्रसार तथा प्रकाशन समिति ः संगठनका संस्थागत सचिव राजेश चाम्लिङ राईको संयोजकत्वमा केन्द्रीय सदस्यहरु जीवन लामा, दीपा आले र जगत दोङ सदस्य रहनुभएको प्रचारप्रसार तथा प्रकाशन समिति गठन गरियो ।
च) अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समिति ः संगठनका उपाध्यक्ष भैरव आङ्लाको संयोजकत्वमा सचिव रजनी तामाङ, सदस्यहरु गणेशमान गुरुङ, माला पालुङवा सदस्य रहनुभएको अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समिति गठन गरियो ।
३. बैठकले संगठनका महासचिव गजुरधन राईद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष टेकराज थामीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सुझावसहित पारित ग¥यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोभ र डरबाट प्रभावित नभइ काम गर्ने नवनियुक्त कृषि मन्त्रीको प्रतिवद्धता
लोभ र डरबाट प्रभावित नभइ काम गर्ने नवनियुक्त कृषि मन्त्रीको प्रतिवद्धता
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
थाहा पाउनुहोस आजको राशीफल
थाहा पाउनुहोस आजको राशीफल
मोदी र नेपालबीच फोनवार्तामा के कुरा भयो ?
मोदी र नेपालबीच फोनवार्तामा के कुरा भयो ?
नेकपाकाे केन्द्रीय कार्यालय  धुम्बाराही की पेरिस डाँडा ?
नेकपाकाे केन्द्रीय कार्यालय धुम्बाराही की पेरिस डाँडा ?
कपोकल्पीत र भ्रामक प्रचारमा विश्वास नगर्न एनएमएको आग्रह
कपोकल्पीत र भ्रामक प्रचारमा विश्वास नगर्न एनएमएको आग्रह
सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई अनुसन्धान गर्न १० दिनको म्याद थप
सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई अनुसन्धान गर्न १० दिनको म्याद थप
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा
तल्लो मोदीखोलाबाट असार पहिलो सातादेखि परीक्षण उत्पादन
तल्लो मोदीखोलाबाट असार पहिलो सातादेखि परीक्षण उत्पादन
ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा दुई लाख पुरस्कार
ऐरी र सार्कीलाई सुदूरपश्चिम प्रदेशद्वारा दुई लाख पुरस्कार

तपाईंले छुटाउनुभयो कि?