छोराको आशमा लिंग पहिचान गरी भ्रूण हत्या गर्ने बढे…

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ८, २०७३
|
|
८५५ पटक हेरिएको
Shares
छोराको आशमा लिंग पहिचान गरी भ्रूण हत्या गर्ने बढे…

सारांश

  •   भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति बढेपछि मुलुकमा पछिल्लो समय बालिकाको जन्मदर घटदै गएको पाइएको छ ।
  • मुलुकी ऐनले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको लिंग पहिचान गरेको पाइए ६ महिनादेखि २ वर्ष कैद सजाय हुने व्यवस्था गरेको छ ।
  • कारबाहीको व्यवस्था भए पनि लिंग पहिचान गरी भ्रूण हत्या गर्ने क्रम बढदै गएको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताए ।

 

भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति बढेपछि मुलुकमा पछिल्लो समय बालिकाको जन्मदर घटदै गएको पाइएको छ । मुलुकी ऐनले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको लिंग पहिचान गरेको पाइए ६ महिनादेखि २ वर्ष कैद सजाय हुने व्यवस्था गरेको छ । कारबाहीको व्यवस्था भए पनि लिंग पहिचान गरी भ्रूण हत्या गर्ने क्रम बढदै गएको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताए ।

‘गर्भपतन गर्ने र गराउनेको मिलेमतोमा गोप्य ढंगले यस्तो गैरकानुनी कार्य बढदै गएको छ । उजुरी नपर्ने भएकाले अपराधी कानुनको दायरामा विरलै आएका छन्,’ धितालले भन् । केन्द्रीय बालकल्याण समितिले गरेको सर्वेक्षणअनुसार गर्भधारणपछि भ्रूणको पहिचान गरी गर्भपतन गराउनेमा पढे–लेखेकादेखि निरक्षर, आर्थिक रूपमा सम्पन्नदेखि विपन्नसम्म र समाजमा प्रतिष्ठितदेखि सर्वसाधारणसम्म छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चार वर्षसम्मका बालकको संख्या १३ लाख १४ हजार ९ सय ५७ छ भने बालिकाको संख्या १२ लाख २५ हजार ३ सय ६ छ । यसबाट बालिकाको जन्मदर घट्ने क्रम सुरु भइसकेको प्रस्ट हुने धितालले बताए । आर्थिक वर्ष २०७२/७३ मा उपत्यकाका अस्पतालहरूमा जन्मिएका शिशुको तथ्यांक अध्ययन गर्दा प्रसूति गृह थापाथलीमा ८ हजार ७ सय ७२ बालकको जन्म भएको थियो भने बालिका ७ हजार ५ सय ५३ जना मात्र जन्मिएका थिए । 

पाटन अस्पताल ललितपुरमा जन्मिएका शिशुमध्ये बालक ३ हजार २ सय ७७ र बालिका २ हजार ९ सय ३ जना छन् । भक्तपुर अस्पतालमा जन्मिएका शिशुमध्ये ६ हजार ४० बालक र ५ हजार २५ बालिका थिए । ओम अस्पताल, चाबहिलमा जन्मिएका शिशुमा बालक ६ सय ३७ र बालिका ५ सय २७ जना छन् ।

संसदको महिला तथा बालबालिका समितिकी सभापति रन्जुकुमारी झाले संविधान र कानुनले बाल अधिकारलाई बलियो बनाउन खोजे पनि सरकारको अनुगमन खुकुलो भएकैले भ्रूण हत्या जस्तो अपराधले प्रश्रय पाइरहेको बताइन् । उनले सरकारले लिंग पहिचान गरी गर्भपतन गर्ने व्यक्ति र गराउने कार्यमा संलग्न चिकित्सकलाई खोजी–खोजी कारबाही गर्नुपर्ने बताइन् । 

भ्रूण हत्या गर्ने व्यक्तिलाई कडा सजाय दिन सके घटना नियन्त्रण हुँदै जाने उनले बताइन् । ‘भ्रूण हत्यालाई कतिपय निजी अस्पताल र स्वास्थ्यकर्मीले कमाउने पेसा बनाइरहेका छन् । त्यस्ता स्वास्थ्य संस्था र चिकित्सकलाई जतिसक्दो चाँडो कानुनको दायरामा ल्याएर कारबाही गर्नुपर्छ,’ उनले भनिन् । उनले संसद् यस विषयमा संवेदनशील भएको र भ्रूण हत्याबारे छुट्टै कानुन बनाउने विषयमा छलफल भइरहेको दाबी गरिन् ।
 
स्वास्थ्य मन्त्रालयकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. किरण रेग्मीले लिंग पहिचानपछि गरिने गर्भपतनले प्रजनन स्वास्थ्यका साथै मनोसामाजिक समस्यासमेत निम्त्याउने बताइन् । कतिपय महिलाले त यसैका कारण लागू पदार्थको कुलततर्फ लाग्ने, आत्महत्याको प्रयास गर्ने, यौनजीवन बिग्रने, सम्बन्धविच्छेद हुनेलगायत थुप्रै समस्या भोगिरहेको उनले सुनाइन् । छोराको आसमा बारम्बार लिंग पहिचान गरी गर्भपतन गराउनेहरूले भयावह मानसिक समस्या भोगिरहेको उनले बताइन् ।

समाजमा छोरीलाई भन्दा छोरालाई मात्रै प्राथमिकता दिने रुढिवादी सोचका कारण यस्तो भ्रूण हत्याको अपराध बढिरहेको समाजशास्त्रीहरू बताउँछन् । लिंग पहिचानपछिको गर्भपतनको असर व्यक्ति र परिवारमा मात्रै सीमित नभई यसले सिंगो समाज र राष्ट्रमै गम्भीर असर गर्ने उनीहरूको तर्क छ ।

बालकल्याण समितिका कार्यकारी निर्देशक धितालका अनुसार लिंग पहिचानपछिको गर्भपतनले पुरुषका तुलनामा महिलाको संख्या घटदै गई महिला जनसांख्यिक रूपमा समेत सीमान्तकृत हुँदै जाने खतरा हुन्छ । 

‘यसले बहुविवाहको प्रचलन आउने, महिलामाथि हुने हिंसा, यौन शोषण र बेचबिखनजस्ता अपराध वृद्धि भई सामाजिक शान्ति भंग हुने स्थिति आउन सक्छ,’ उनले भने, ‘यसले दीर्घकालमा जनसंख्या वृद्धिदर ऋणात्मक हुन सक्ने, यौनजन्य रोग र अपराध बढ्ने, समलिंगी क्रियाकलापमा वृद्धि हुनेजस्ता खतरा आउन सक्छ ।’

धितालले लिंग पहिचानपछिको भ्रूण हत्यालाई नियन्त्रण गर्न गर्भपतनमा प्रयोग हुने औषधिको आयात, वितरण र बिक्रीलाई नियमन र नियन्त्रणसम्बन्धी व्यवस्थित कानुन बनाउनुपर्ने औंल्याए । ‘जोखिमपूर्ण औषधिको सहज बिक्री वितरण हुनु पनि यसको प्रमुख कारण हो,’ उनले भने । भ्रूण हत्या नियन्त्रण गर्न निजी स्वास्थ्य संस्था तथा क्लिनिकहरूको नियमन, नियमित अनुगमन गर्न कडा कानुन बन्नुपर्ने उनको सुझाव छ ।

 

निजी अस्पताल र नर्सिङ होममा ठूलो संख्यमा भ्रूण हत्या हुने गरेको खुलासा :

दिल्लीका निजी अस्पताल र नर्सिङ होममा ठूलो संख्यमा भ्रूण हत्या हुने गरेको खुलासा भएको छ । लिंग पहिचानपछि भ्रूण हत्या गर्ने क्रमले महामारी लिन थालेपछि दिल्ली सरकारले भ्रूण हत्या गर्ने ८९ ओटा निजी अस्पताल र नर्सिङ होममा सूचना जारी गर्दै कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘विभिन्न निजी अस्पताल र नर्सिङ होममा नवजात शिशुको जन्मदरमा डरलाग्दो दरमा घटेको पाएका छौं,’ दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले भने ।
‘यी अस्पतालहरुले भू्रण हत्या गरेको आशंकमा सूचना जारी गरेका हौैं’, उनले भने । ‘महिलाहरुको भू्रण हत्यामा संलग्न अस्पतालहरुमाथि प्रहरीमा उजुरी गर्नेछांै,’ उनले थपे । सरकारले हालै गरेको एउटा सर्वेक्षणमा महिला अस्पतालमा जन्मिने छोरा र छोरीको अनुपात दर डरलाग्दो देखिएको पाइएको थियो । अधिकांश अस्तपाल र नर्सिङ होममा निश्चित समयमा १ हजार छोरा र ३ सय छोरी जन्माइएका थिए । ‘अस्पतालका नाममा जारी गरिएको सूचनामा जन्मिने समयमा भएका डरलाग्दो लैंगिक अनुपातको कारणबारे ती अस्पतालसँग माग गरेका छौं,’ उनले थपे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
Vincere Alla Roulette Di Un Casinò
निगमले जापान, चीन र साउदीमा उडान गर्ने
निगमले जापान, चीन र साउदीमा उडान गर्ने
२२ देशका प्रहरीलाई पछि पार्दै डिएसपी थापाले बढाए नेपालको गौरव
२२ देशका प्रहरीलाई पछि पार्दै डिएसपी थापाले बढाए नेपालको गौरव
प्रशिक्षण शिविर उद्घाटन  उपप्रधानमन्त्री थापा
प्रशिक्षण शिविर उद्घाटन उपप्रधानमन्त्री थापा
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव
नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव
हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग
हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग
कामु प्रधानन्यायाधीश जोशी होईनन् :  कानूनमन्त्री ढकाल
कामु प्रधानन्यायाधीश जोशी होईनन् : कानूनमन्त्री ढकाल

तपाईंले छुटाउनुभयो कि?