महिलाविरुद्धको विभेद र हिंसा निराकरण गरी अधिकार सुनिश्चित गर्न राष्ट्रपतिको जोड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
महिलाविरुद्धको विभेद र हिंसा निराकरण गरी अधिकार सुनिश्चित गर्न राष्ट्रपतिको जोड

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रले साझा प्रयासबाट जनताको जीवनमा गुणात्मक, स्पष्ट र प्रत्यक्ष अनुभूत हुने अग्रगतितर्फ आफूलाई केन्द्रित गर्नुपर्ने बताएकी छिन् ।
  • बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका राष्ट्र एवं सरकार प्रमुखसँगको भेटमा राष्ट्रपति भण्डारीले सम्मेलनले आपसी मित्रता, एकता, साझेदारी र आपसी सहयोगलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रले साझा प्रयासबाट जनताको जीवनमा गुणात्मक, स्पष्ट र प्रत्यक्ष अनुभूत हुने अग्रगतितर्फ आफूलाई केन्द्रित गर्नुपर्ने बताएकी छिन् ।

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका राष्ट्र एवं सरकार प्रमुखसँगको भेटमा राष्ट्रपति भण्डारीले सम्मेलनले आपसी मित्रता, एकता, साझेदारी र आपसी सहयोगलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।

लामो सङ्क्रमणपछि जनताका प्रतिनिधिद्वारा बनाइएको नेपालको संविधान लागू भएपछि र गत २०७४ मा सम्पन्न निर्वाचनबाट बलियो जनादेशका साथ वर्तमान सरकार गठन भएपछि नेपालमा भएको महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनलाई नेपालीले राष्ट्रिय उत्सवका रूपमा लिएको उल्लेख गरिन् ।

यस क्षेत्रमा ठूलो चुनौतीका रूपमा रहेको महिलाविरुद्ध हुने विभेद र हिंसा निराकरण गरी महिला अधिकार थप सुनिश्चित गर्नका लागि प्रयास केन्द्रित हुन आवश्यक भन्दै राजनीतिकलगायत सार्वजनिक क्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्दै लैजाने हाम्रा प्रयासलाई अझ प्रभावकारी र नतिजामुखी बनाउन आवश्यक भएकामा जोड दिइन् ।

सदस्य राष्ट्रका राष्ट्र एवं सरकार प्रमुखको आगमनले नेपालीलाई थप उत्साहित र गौरवान्वित बनाएको उल्लेख गर्दै, “बिम्स्टेक हामी सबैको साझा पहिचानको रूपमा स्थापित भइसकेको छ । बङ्गालको खाडी केवल भौगोलिक एकाइ मात्रै होइन, ऐतिहासिक, सामाजिक र सांस्कृतिक पहिचान र सभ्यताको एउटा मुहान हो । जसरी संसारकै उच्च हिमशिखर सगरमाथाको पानी बग्दैबग्दै संसारको सबैभन्दा ठूलो बङ्गालको खाडीसम्म पुग्छ, त्यसैगरी नेपालमा जन्मेका गौतम बुद्धको शान्ति र अहिंसाको दर्शन दक्षिण एशिया तथा दक्षिण–पूर्वी एशियाका म्यानमा, थाइल्याण्ड हुँदै अन्य एशियाली मुलुकसम्म फैलिएको छ ।”

यस क्षेत्रको एउटा साझा सम्पदा बौद्ध दर्शनले सबै सदस्य राष्ट्रलाई गहन रुपमा आबद्ध गरेको बताउँदै हाम्रा जनताबीचको सम्बन्ध पनि शदियौँ पुरानो तथा आजपर्यन्त निकै घनिष्ठ र जीवन्त रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले दुई दशक लामो यात्रा पूरा गरेसँगै बिम्स्टेक सदस्य राष्ट्रबीचको आपसी सहयोग र साझेदारी थप घनीभूत बन्दै गएको महसुस गरिएको छ भन्दै बिम्स्टेकअन्तर्गत सहयोगका क्षेत्रका पहिचान, विभिन्न संयन्त्रको निर्माण एवं सचिवालयको स्थापनालगायत धेरै संरचना र पद्धति संस्थागत र क्रियाशील बन्दै गएको भनाइ छ ।

“बिम्स्टेकप्रति जनताको चासो र अपेक्षा चुलिएको छ । हाम्रा जनता बिम्स्टेकको साझा छानोमुनि समृद्धिको सुन्दर सपना देख्न थालिसकेका छन्”, उनले भनिन्, “जनताको यो सपनालाई साकार बनाउन सदस्य राष्ट्रले सुमधुर एकता, साझेदारी र आपसी सहयोग थप अभिवृद्धि गर्दै अगाडि बढ्नुपर्छ ।”

(https://ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मी जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस
गुल्मी जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस
प्रतिनिधिसभाले गठन गर्‍यो विषयगत समिति (सूचिसहित)
प्रतिनिधिसभाले गठन गर्‍यो विषयगत समिति (सूचिसहित)
सांगीतिक क्षेत्रमा संघर्ष गर्दै गायिका:गौतम  प्रकाश योगी
सांगीतिक क्षेत्रमा संघर्ष गर्दै गायिका:गौतम प्रकाश योगी
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’
ललितपुर बलात्कार काण्ड: तीनै जना अभियुक्त फरार
कुन-कुन समयमा चुरोट पिउनु बढी नै खतरा हुन्छ ? थाहा पाउनुहोस्
कुन-कुन समयमा चुरोट पिउनु बढी नै खतरा हुन्छ ? थाहा पाउनुहोस्
“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा
“मेरो उम्मेद्वारी भ्रष्टाचार मुक्त समाज निमार्णका लागि हो” : गोविन्द शर्मा
५५ वर्षपछि एमाले-माओवादीको एकता ,टुटफुटको शृंखलामा टिक्ला एकता ?
५५ वर्षपछि एमाले-माओवादीको एकता ,टुटफुटको शृंखलामा टिक्ला एकता ?
प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’
प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’
बहालवाला मुख्सचिव र सहसचिव विरुद्ध करिब ३९ करोडको भ्रष्टाचारको मुद्दा
बहालवाला मुख्सचिव र सहसचिव विरुद्ध करिब ३९ करोडको भ्रष्टाचारको मुद्दा

तपाईंले छुटाउनुभयो कि?