मतदान नभइ बिजेपीले जित्यो तीन सिट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
मतदान नभइ बिजेपीले जित्यो तीन सिट

सारांश

  • एजेन्सी।
  •   भारतमा पहिलो चरणको निर्वाचन अन्तर्गत अरुणाचल प्रदेशमा लोकसभाको निर्वाचनसँगै विधानसभाको निर्वाचनपनि हुँदै थियो।
  • ११ अप्रिलमा यहाँ दुई सिटमा लोकसभा निर्वाचनसँगै ६० विधानसभा सिटमध्ये ५७ सिटकालागि मतदान भएको छ।
एजेन्सी।  भारतमा पहिलो चरणको निर्वाचन अन्तर्गत अरुणाचल प्रदेशमा लोकसभाको निर्वाचनसँगै विधानसभाको निर्वाचनपनि हुँदै थियो। ११ अप्रिलमा यहाँ दुई सिटमा लोकसभा निर्वाचनसँगै ६० विधानसभा सिटमध्ये ५७ सिटकालागि मतदान भएको छ। बाँकी तीन विधानसभा सिटकालागि रमाइलो राजनीतिक खेल देख्न पाइयो। विधानसभा निर्वाचनको बाँकी तीन सिटमा निर्वाचन पहिला नै बिजेपी उम्मेद्वारलाई विजय घोषित गरिएको थियो। यी तीन सिटमा  विजेपी उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिएका विपक्ष पार्टीले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए भने केहीको उम्मेद्वारी खारेज गरिएको थियो।
तीन जना बिजेपीका उम्मेद्वारलाई विजय घोषित गरिएको थियो ती मध्ये विधानसा सिटबाट फुर्पा टेसरिङ, याचुलीबाट टाबा टेबिर र अगाग ईस्टबाट किंटो जेनीको नाम छ। बाँकी ५७  सिटको परिणाम लोकसभा निर्वाचनसँगै अर्थात २३ मेमा घोषणा गरिनेछ। बिजेपीले यहाँ ‘६० प्लस २’ को मिशन तय  गरेको छ, तीन सिटमा उसले जित हासिल गरिसकेको छ।
बिजेपीका राष्ट्रिय महासचिव तथा नर्थ–ईस्टमा पार्टीका प्रभारी राम माधवले अरुणाचल प्रदेशमा पहिलो पटक बिजेपीको नेतृत्वमा सरकार बन्ने दाबी गरे। अप्रिल २०१४ को चुनावमा कांग्रेसले ६० मध्ये ४२ सिटमा जित हासिल गर्दै सरकार बनाएको थियो। तर पछि केही विधायकले पार्टी परित्याग गर्दै पिपुल्स पार्टी अफ अरुणाचलमा प्रवेश गरेका थिए, जोसँग मिलेर भाजपाले सरकार बनाएको थियो।
मतदान भन्दा पहिला बिजेपी प्रत्यासीलाई विजय घोषित गरेको विषय अहिले समाजिक संजालमा चर्चाको विषय बनेको छ। किंटो जेनीको फोटो शेयर गर्दै लोकसवा चुनावकालागि बिजेपीको पहिलो सांसदका रुपमा प्रचास गरिएको छ। साथै राहुल गान्धीले ७२ हजार रुपैयाँ दिने गरेको घोषणालाई पनि मजाक बनाइएको छ। यो फोटो सही हो तर योसँग दिएको जानकारी गलत भएको भारतीय संचारमाध्यमले जनाएका छन्। किंटो जेनी सांसद होइनन् बरु बिधायकका रुपमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?