खोटाङ-उदयपुर जोडने बंशिलाघाटमा झोलुङ्गे पुल सञ्चालनमा
सारांश
- बिराटनगर ११ भदौ।
- खोटाङको दक्षिणी क्षेत्रबाट छिमेकी जिल्ला उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने सुनकोसी नदीमा निर्माण गरिएको बंशिलाघाटको झोलुङगे पुल आज बाट बिधीगत् रुपमा सञ्चालनमा आएको छ।
- खोटाङको बराहपोखरी गाउँपालिका–६ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका को सिमा मा रहेको दुई जिल्ला जोड्ने बंशिलाघाटमा निर्माण गरिएको झोलुङ्गे पुल सोमबारदेखि औपचारिक रुपमा निर्माण कम्पनी जगदम्बा शंकरमाली जेभीले झोलुङ्गे पुलको निर्माण सम्पन्न गरेको पत्र माननीय बिशाल भट्टराई लाई हस्तातरण गरेपछि सांसद बिशाल भट्टराई ले रिबन काटेर सो पुल को उद्घाटन गरेका थिय।
बिराटनगर ११ भदौ। खोटाङको दक्षिणी क्षेत्रबाट छिमेकी जिल्ला उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने सुनकोसी नदीमा निर्माण गरिएको बंशिलाघाटको झोलुङगे पुल आज बाट बिधीगत् रुपमा सञ्चालनमा आएको छ। खोटाङको बराहपोखरी गाउँपालिका–६ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका को सिमा मा रहेको दुई जिल्ला जोड्ने बंशिलाघाटमा निर्माण गरिएको झोलुङ्गे पुल सोमबारदेखि औपचारिक रुपमा निर्माण कम्पनी जगदम्बा शंकरमाली जेभीले झोलुङ्गे पुलको निर्माण सम्पन्न गरेको पत्र माननीय बिशाल भट्टराई लाई हस्तातरण गरेपछि सांसद बिशाल भट्टराई ले रिबन काटेर सो पुल को उद्घाटन गरेका थिय।
एक करोड ४३ लाखको लागतमा निर्माण गरिएको २३५ मिटर लम्बाईको झोलुङ्गे पुल सोमबार प्रतिनिधिसभा सदस्य तथा नेकपाका नेता विशाल भट्टराईको पहलमा केन्द्रको बजेट बाट निर्माण भयको हो। बराहपोखरी गाउँपालिकाको आयोजनामा गरिएको कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ र उदयपुरका युवा नेता तथा साे क्षेत्रका प्रदेश सांसद विमल कार्कीको उपस्थिति रहेको थियो ।
दक्षिणी क्षेत्रका स्थानीयवासीका लागि दैनिक उपभोग्यवस्तु ढुवानी गर्ने तथा आफूले उत्पादन गरेको थोकवस्तु निकासी गर्ने मुख्यनाका बंशिलाघाटमा निर्माण गरिएको झोलुङ्गे पुलको क्षमता ८५ मेट्रिकटन रहेको छ । झोलुङ्गे पुल सञ्चालनमा आएसँगै खोटाङको बराहापोखरी, जन्तेढुङ्गा, खोटेहाङ गाउँपालिका र भोजपुरका केही स्थानीय तहका स्थानीयवासी लाई तराईका जिल्लामा आवतजावत गर्न सहज भएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो ।उहाँले सो पुल निर्माण गर्ने पहल गरेको भन्दै प्रतिनिधिसभा सदस्य तथा नेकपाका नेता विशाल भट्टराई लाई गाउँपालिका को जनता को तर्फबाट स-धन्यवाद समेत दिएका थिए।
पुल उद्घाटन गर्ने प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य मा.सांसद विशाल भट्टराई ,विशेष अतिथि उदयपुर क्षेत्र नम्बर १ का सांसद मा.विमल कार्कि,खाेटाङ्ग प्रदेश सांसद मा. राम कुमार राई पासाङ्ग हरु आउने भएपछी हिजो देखि नै सो ठाउँमा चहलपहल बढेको थियो हिजोदेखि नै चौदण्डीगढी नगरपालिका का प्रमुख खगेन्द्र राई र बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जरा ले आज को पुल उदघाटन कार्यक्रमका लागी सबै ब्यबस्था मिलाएका थिय। साथै बेल्टार बंशिलाघाट सडक स्तरउन्नतिकाे लागि उदयपुरका नेता राजन किराँती वासुकाे अाग्रहमारु मा. विमल कार्कि बाट एक कराेड ४० लाख रकम प्रदेश सरकारबाट विनियाेजित गरिएकाे सांसद बिमल कार्की ले बताए ।
Meera Heju
रिबन काट्न पनि पोज दिनुपर्ने ?