महिला उद्यमशिलता विकासका लागि शसक्तीकरण कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २४, २०७९
|
|
३१ पटक हेरिएको
Shares
महिला उद्यमशिलता विकासका लागि शसक्तीकरण कार्यक्रम

सारांश

  • नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तीकरण कार्यक्रम शुरु गरेको छ ।
  • उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।
  • पहिलो चरणमा पाक कला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो ।

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक शसक्तीकरण कार्यक्रम शुरु गरेको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।

पहिलो चरणमा पाक कला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशिलताको विकास मार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सले महिलाको सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको मल्लले बताए । पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरु शुरु भइसकेको भन्दै अध्यक्ष मल्लले त्यसको लाभ लिन पनि महिलाहरुलाई आग्रह गरे । महिलाहरूद्वारा उत्पादित बस्तुहरुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

आर्थिक क्षेत्रमा महिलाहरुको सहभागिता बढेको भन्दै अध्यक्ष मल्लले रोजगारी सिर्जना गर्न समेत उल्लेख्य योगदान रहेको बताए ।

चेम्बरकी उपाध्यक्ष एव महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताइन् । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपुर्ण हुने श्रेष्ठको भनाइ छ । महिलाहरुलाई बजारको माग अनुसारको तालिम प्रदान गर्न लागिएको श्रेष्ठले बताइन् ।

कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरुलाई कम्तिमा १५ दिनको तालिम दिइने बताइन् । महिलाको आर्थिक सशक्तीकरण गर्नका लागि विभिन्न सिप मुलक कार्यक्रमलाई निरन्तरता दिने अधिकारीको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोका कारण पुल मर्मतको सामग्री रोकियो
पहिरोका कारण पुल मर्मतको सामग्री रोकियो
प्रदेश सरकारले कुन-कुन कर उठाउन पाउँछ ?
प्रदेश सरकारले कुन-कुन कर उठाउन पाउँछ ?
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी
बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरेको सम्झौता आधिकारिक नभएको समितिका अध्यक्षको दाबी
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक
फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक
श्रीमती खुसि बनाउन नेपालमा ‘आइफा अवार्ड’
श्रीमती खुसि बनाउन नेपालमा ‘आइफा अवार्ड’
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
फेरी–फेरी निर्माणको घोषणा, अर्पण र ऋचाको जोडी
फेरी–फेरी निर्माणको घोषणा, अर्पण र ऋचाको जोडी
हलिउडको सुपरहिरो फिल्ममा सुपरहिरोको भूमिकामा देखिँदै प्रियंका
हलिउडको सुपरहिरो फिल्ममा सुपरहिरोको भूमिकामा देखिँदै प्रियंका

तपाईंले छुटाउनुभयो कि?