महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता

सारांश

  •   काठमाडौं ।
  • महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ ।
  • साउथ एसिया ओमेन डेभलमेन्टको आयोजनामा सुरु भएको सम्मेलनमा साउथ एसिया, युरोप र अरेबियन गरी २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता रहेको छ ।

 

काठमाडौं । महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । साउथ एसिया ओमेन डेभलमेन्टको आयोजनामा सुरु भएको सम्मेलनमा साउथ एसिया, युरोप र अरेबियन गरी २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता रहेको छ ।

 

सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताए । उपराष्ट्रपति पुनले समावेशी र दिगो विकासका लागि लैङ्गिक विविधतासहितको सहअस्तित्व अनिवार्य रहेकोमा जोड दिए ।

 

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महिलाको आर्थिक सशक्तीकरणले परिवार मात्रै नभइ सिङ्गो समाज नै समृद्ध हुने बताउँदै यसले अर्थतन्त्रलाई समावेशी र दिगो बनाउने धारणा व्यक्त गरे । सरकारले महिलाई उद्यमी बनाउन विशेष ग्राहयता दिएको र नीतिगत प्रोत्साहन गरेको अवगत गराउँदै उनले नेपालको संविधान र कानूनले राज्यका प्रमुख पदमा महिलाको सहभागिता सुनिश्चित गरेको बताए ।

बुधबारसम्म चल्ने सम्मेलनले महिला सशक्तिकरण र सवलीकरणका लागि ठोस योजना बनाउनेछ । साउथ एसिया ओमेन डेभलमेन्टको आयोजनामा सुरु भएको सम्मेलनमा साउथ एसिया, युरोप र अरेबियन गरी २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?