महिला खोलाडीको आकर्षण बास्केटबल खेलप्रति बढ्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
३४ पटक हेरिएको
Shares
महिला खोलाडीको आकर्षण बास्केटबल खेलप्रति बढ्दै

सारांश

  • तनहुँ ।
  • तनहुँमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएपछि यहाँका महिला खेलाडीको यसतर्फ आकर्षण बढेको छ ।
  • गत असोज २८ देखि कात्तिक ३ गतेसम्म यहाँ महिला बास्केटबल प्रतियोगिता आयोजना भएको थियो ।

तनहुँ । तनहुँमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएपछि यहाँका महिला खेलाडीको यसतर्फ आकर्षण बढेको छ ।गत असोज २८ देखि कात्तिक ३ गतेसम्म यहाँ महिला बास्केटबल प्रतियोगिता आयोजना भएको थियो । बास्केटबलका प्रशिक्षक कृष्णकुमार श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद यहाँ आयोजना भएपछि जिल्लामा महिला खेलाडीको आकर्षण बढ्न थालेको बताएका हुन् ।

‘पहिला खेलप्रति खासै चासो थिएन तर अहिले महिला खेलाडी यसतर्फ आकर्षित भएका छन्’, उनले भने । प्रशिक्षक श्रेष्ठका अनुसार उक्त खेलमा गण्डकी प्रदेशको टोलीमा यहाँँका खेलाडी सहभागी गराउन नसकिएपनि आगामी दिनमा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण कार्यक्रम आयोजना भइरहनेछ । बास्केटबलप्रति खेलाडीको आकर्षण बढ्न थालेपछि स्थानीय तहले पनि यसतर्फ चासो दिएको र व्यास नगरपालिकाले राष्ट्रपति रनिङ सिल्डमा यस खेललाई समावेश गरेको छ ।

‘पालिकाले विद्यालयस्तरदेखि नै बास्केटबलप्रति रुचि बढाउन पहिलो पटक राष्ट्रपति रनिङशिल्डमा समावेश गरेको हो, यसले खेलप्रति रुचि राख्ने विद्यार्थीलाई अवसर प्रदान गरेको छ,’ नगरपालिका–२ का वडासदस्य सुरेश वाग्लेले भने । दमौली बजारमा तीन वटा बास्केटबल कोर्ट छन् । व्यास नगरपालिका–३ मा हैरान्स क्लबको सक्रियतामा एउटा कोर्ट निर्माण गरिएको त्यसमा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । वडा नं १ को निर्मल माध्यमिक विद्यालयमा राष्ट्रिय खेलकुद परिषद्को रू ४० लाखको लगानीमा दुई वटा कोर्ट निर्माण गरिएको छ ।

हैरान्स क्लबले अन्तरविद्यालयस्तरीय बास्केटबल रनिङशिल्ड आयोजना गरेको छ । यस खेलमार्फत् पर्यटन प्रबद्र्धन गर्ने र कुशल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रवीन पौडेलले बताए । ‘जिल्लामा यसअगाडि बास्केटबल प्रतियोगिता आयोजना भएका थिएनन्, अब क्लबको तर्फबाट प्रत्येक वर्ष यसलाई निरन्तरता दिन्छौँ,’ उनले भने ।

प्रतियोगितामा छात्रतर्फ निर्मल माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कुल, दमौली कलेज, आदिकवि भानुभक्त क्याम्पस, कन्काई एकेडेमी, पराशर कलेज र बाराही कलेजका विद्यार्थी सहभागी छन् । छात्रातर्फ बाराही कलेज, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कूल, निर्मल माध्यमिक विद्यालय, दमौली कलेज, पराशर कलेज र कन्काई एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थी सहभागी छन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला बास्केटबलको फाइभ अन फाइभमा त्रिभुवन आर्मी, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ सहभागी थिए । त्यस्तै थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो
अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो
प्रधानसेनापति थापाले बढुवा अड्काएर आफन्तलाई यसरी बनाए रथी
प्रधानसेनापति थापाले बढुवा अड्काएर आफन्तलाई यसरी बनाए रथी
बिम्स्टेक अध्यक्षता हस्तान्तरण
बिम्स्टेक अध्यक्षता हस्तान्तरण
१२ कोठे घरकाे प्रलाेभनमा पर्दा…
१२ कोठे घरकाे प्रलाेभनमा पर्दा…
प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली
प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी चाहियो : प्रदीप ज्ञवाली
आफ्नै नीतिविपरीत निगम : मासिक नाफा ६० करोड, मूल्य समायोजनमा अनिच्छुक
आफ्नै नीतिविपरीत निगम : मासिक नाफा ६० करोड, मूल्य समायोजनमा अनिच्छुक
४०० ले गरे सगरमाथाको सफल आरोहण
४०० ले गरे सगरमाथाको सफल आरोहण
नेकपामा विवाद उस्तै, प्रम ओलीसँग उधारोमा सहमति नखोज्ने नेपाल पक्षको अडान
नेकपामा विवाद उस्तै, प्रम ओलीसँग उधारोमा सहमति नखोज्ने नेपाल पक्षको अडान
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो

तपाईंले छुटाउनुभयो कि?