अन्तिम खेल मुम्बईले जितेपछि यस्तो बन्यो यस्तो समिकरण
सारांश
- काठमाडौं ।
- भारतमा जारी आईपीएलको आइतबार लीग चरणका खेलहरु सकिएसँगै प्लेअफ समिकरण पूरा भएको छ ।
- अन्तिम खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राईडर्सलाई ९ विकेटले पराजित गरेपछि कोलाता प्लेअफबाट बाहिरियो भने सनराईजर्स हैदरावाद प्लेअफमा पुग्ने चौथो टिम बन्यो ।
काठमाडौं । भारतमा जारी आईपीएलको आइतबार लीग चरणका खेलहरु सकिएसँगै प्लेअफ समिकरण पूरा भएको छ । अन्तिम खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राईडर्सलाई ९ विकेटले पराजित गरेपछि कोलाता प्लेअफबाट बाहिरियो भने सनराईजर्स हैदरावाद प्लेअफमा पुग्ने चौथो टिम बन्यो । कोलकाताको हारले जहाँ हैदरावादलाई फाइदा भयो दिल्ली क्यापिटल्सलाई घाटा भयो ।
कोलकाताले पहिला ब्याटिंग गर्दै मुम्बईलाई १३४ रनको झिनो लक्ष्य दिएको थियो । मुम्बईले एक विकेट गुमाएर लक्ष्य पूरा गर्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै लीग चरणको शुखद् अन्त्य गर्यो । उता हारपछि कोलकाताले निराश हुनुपर्यो भने हैदरावादको उद्धार भयो ।
जितपछि १८ अंक भएको मुम्बई र दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्सबीच क्वालीफाई १ हुनेछ । सो खेलको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले एक मौका पाउने छ क्वालीफाई २ खेल्ने ।
अंक तालिकको तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स र हैदरावादबीच एलिमेनेटर खेल हुनेछ। विजेता टिमले क्वालीफाई १ को पराजित टिमसँग क्वालीफाई २ खेल्नेछ । क्वालीफाई १ को विजेता र क्वालीफाई २ को विजताबीच उपाधिका लागि भिडन्त हुनेछ ।
अंक तालिकाको शीर्ष तीनमा रहने टिमको अंक बराबर १८ रहे पनि रनरेटका कारण मुम्बई शीर्ष स्थानमा रह्यो भने दोस्रो स्थानमा चेन्नई र तेस्रो स्थानमा दिल्ली रह्यो । उता हैदरावाद, कोलाकाता र पञ्जावको समान १२ अंक भए पनि रनरेट राम्रो भएकाले हैदरावाद प्लेअफमा पुग्यो । आईपीएलको इतिहासमा १२ अंकका साथ प्लेअफ पुग्ने पहिलो टिम बनेको छ हैदरावाद ।
प्रतिक्रिया