महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २७, २०७९
|
|
२४ पटक हेरिएको
Shares
महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात

सारांश

  • काठमाडौ ।
  • म्याग्दीको सदरमुकाम बेनीमा भएको नवौँ राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ।
  •  गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो।

काठमाडौ । म्याग्दीको सदरमुकाम बेनीमा भएको नवौँ राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ। गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो।

गण्डकीले सुदूरपश्चिम प्रदेश माथि २५–१८, २५–०८, २५–२२ को जित निकालेको थियो। गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिइन भने सुदूरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिइन्।

महिला भलिबलमा सात प्रदेश सात र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन विभागीय गरी १० टोलीले प्रतिस्पर्धा गर्दैछन्। शुक्रबार महिला भलिबल अन्तरगत तीन खेल हुँदैछन्। बिहान ८ बजे समूह ‘१’ को सशस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समूह ‘२’ को बागमती प्रदेश र प्रदेश नं। १ तथा दिउँसो दुईबजे समूह ‘३’ को नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच खेल हुने महिला भलिबल प्रतियोगिताका संयोजक याम बहादुर गुरुङले बताए।

महिला भलिबल र तेक्वान्दोको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए। खेलाडीको स्वागतमा बेनी बजारमा बाजागाजा, झाँकी सहितको र्‍याली निकालिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?