जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १४, २०७७
|
|
३२ पटक हेरिएको
Shares
जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

सारांश

  • भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ ।
  • चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम€ चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद्युतीय तारले घेराबेरा गरेर झट्का मेसिन प्रयोग गरेको हो ।
  • भारतको गुजरातबाट खरिद गरेर ल्याइएको झट्का मेसिनले मुख्य प्रसारण लाइनबाट प्राप्त हुने विद्युत्को ‘एसी’ प्रवाहलाई ‘डिसी’मा परिवर्तन गरिदिन्छ ।

भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम€ चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद्युतीय तारले घेराबेरा गरेर झट्का मेसिन प्रयोग गरेको हो ।

भारतको गुजरातबाट खरिद गरेर ल्याइएको झट्का मेसिनले मुख्य प्रसारण लाइनबाट प्राप्त हुने विद्युत्को ‘एसी’ प्रवाहलाई ‘डिसी’मा परिवर्तन गरिदिन्छ । त्यही ‘डिसी’ विद्युत् तारको घेराबेरामार्फत प्रवाह गरी हात्तीलाई गाउँतिर पस्न रोक्ने गरिएको छ ।

सामुदायिक वनका अध्यक्ष हिरा पोखरेलका अनुसार हात्ती रोक्न यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र र लहानमा झट्का मेसिनको प्रयोग गरिँदै आएको छ । कुनैकुनै बेला घेराबेराको खम्बा कुल्चिएर र नाघेर हात्ती गाउँ पस्नेबाहेक जङ्गली हात्तीको दिनहुँ भोग्नुपर्ने आतङ्कबाट स्थानीयवासीले अब मुक्ति पाएका छन् । झट्का प्रविधि प्रयोगका लागि सामुदायिक वनलाई प्रदेश नं १ सरकारले रु १४ लाख र सङ्घीय सांसद सुरेन्द्र कार्कीको पूर्वाधार विकास बजेटबाट रु २० लाख प्राप्त भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

झट्का मेसिनले पाँच भोल्टभन्दा कम शक्तिको ‘डिसी’ विद्युत् प्रवाह गरिदिने भएको हुँदा यसले हात्ती, मानिस र अन्य जनावरलाई तर्साउने गरी झट्का मात्र दिने गर्छ । यसको करेन्ट लागेर मानिस र हात्तीको मृत्यु हुँदैन । हाल हात्ती नियन्त्रण गर्ने झट्का परियोजनाको आधा काम मात्र सम्पन्न भएको छ । बाँकी काम धमाधम भइरहेको छ । असोजभित्र शतप्रतिशत काम सक्ने लक्ष्य रहेको वन समितिका अध्यक्ष पोखरेलले बताउनुभयो ।

झापाको स्थानीय जङ्गलमा १० देखि १३ वटासम्म रैथाने जङ्गली हात्ती बाह्रै महिना बस्दै आएका छन् । जङ्गलबाट बाहिर निस्किएर ती हात्तीले मानिसलाई आक्रमण गर्ने, लगाइएको अन्नबाली खाइदिने र जनमानसमा त्रास सिर्जना गर्ने उपद्रो गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसः चीनमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समस्या
कोरोना भाइरसः चीनमा ज्यान गुमाएका नेपालीको शव ल्याउन समस्या
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
अमेरिकासँग वार्ता गरेपछि उत्तरी सिरियामा “युद्धविराम” गर्न टर्की सहमत
अमेरिकासँग वार्ता गरेपछि उत्तरी सिरियामा “युद्धविराम” गर्न टर्की सहमत
बालक अपहरण र हत्यामा तीनजनामाथि मुद्दा दायर
बालक अपहरण र हत्यामा तीनजनामाथि मुद्दा दायर
अब महेन्द्रनगर, नेपालगञ्ज र विराटनगर बाट हवाई रुट उपलब्ध हुँदै !
अब महेन्द्रनगर, नेपालगञ्ज र विराटनगर बाट हवाई रुट उपलब्ध हुँदै !
कोमल वलीको घरमा प्रचण्डको डिनर
कोमल वलीको घरमा प्रचण्डको डिनर
संघीयताबारे बौद्धिक विमर्श
संघीयताबारे बौद्धिक विमर्श
न्यूरोडको फुटपाथ विवाद टुंगियो, अध्ययन समिति बनाउने सहमति
न्यूरोडको फुटपाथ विवाद टुंगियो, अध्ययन समिति बनाउने सहमति
छठका लागि जनकपुरमा मात्रै तीन करोडको भारतीय केरा
छठका लागि जनकपुरमा मात्रै तीन करोडको भारतीय केरा
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन
बैद्विक गुरुकुलको अध्यक्षमा पुरुषोत्तम अर्याल, ‘योगालाई चियाइ हेर्दा’ पुस्तक विमोचन

तपाईंले छुटाउनुभयो कि?