फुटबल नेपाल कीर्गिस्तानसँग पराजित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
१५ पटक हेरिएको
Shares
फुटबल नेपाल कीर्गिस्तानसँग पराजित

सारांश

  • काठमाडौँ, १४ कात्तिक  एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नपाल किर्र्गिस्तानसँग पराजित भएको छ ।
  • कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको हो ।
  • नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफको अतिरिक्त समयमा एक एक गोल खान पुग्यो ।

काठमाडौँ, १४ कात्तिक  एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नपाल किर्र्गिस्तानसँग पराजित भएको छ ।

कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको हो । नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफको अतिरिक्त समयमा एक एक गोल खान पुग्यो ।

किर्गिस्तानका लागि बोरुबाएभ गुल्जिगिटीले खेलको २२औँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिए भने शुकुरोभ अलीमार्दोभले खेलको दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गर्दै आफ्नो टोलीलाई २–० को सहज जित दिलाए । सो जितसँगै किर्गिस्तानले तीन अंक जोडेको छ ।

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलम यही कात्तिक १६ गते बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा आयोजक किर्गिस्तानसहित ओमान, संयुक्त अरब इमिरेट्स र बहराइन छन् ।

दश समूहमा विभाजन गरिएको उक्त छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणमा प्रवेश गर्नेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्नेमध्ये उत्कृष्ट पाँच टोली र आयोजक फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा छनोट हुने टोलीले सन् २०१८ मा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?