३२ जुवाडे जुवा अखडाबाट रङ्गेहात पक्राऊ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १, २०७६
|
|
३० पटक हेरिएको
Shares
३२ जुवाडे जुवा अखडाबाट रङ्गेहात पक्राऊ

सारांश

  • जुवा अखडाबाट सात जना जुवाडे पक्राऊ परेका छन् ।
  • राजधानीको काभ्रेली खाजा घरबाट जुवा अखडा चलाउने सिन्धुपाल्चोकका बुद्धकुमार तामाङसहित सात जनालाई ४० हजार नगदसहित पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।
  •  मानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई शनिबार पक्राऊ गरेको हो ।

जुवा अखडाबाट सात जना जुवाडे पक्राऊ परेका छन् । राजधानीको काभ्रेली खाजा घरबाट जुवा अखडा चलाउने सिन्धुपाल्चोकका बुद्धकुमार तामाङसहित सात जनालाई ४० हजार नगदसहित पक्राऊ गरिएको प्रहरीले जनाएको छ । मानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई शनिबार पक्राऊ गरेको हो । यसैगरी, तेर्हथुमको म्याङलुङ नागदहस्थित गंगाराम श्रेष्ठ र भिमप्रसाद लिम्बूको घरमा जुवातास खेलाइरहेको अवस्थामा १७ जना पक्राऊ परेका छन् । जिल्ला प्रहरी कार्यालय ते¥हथुमको टोलीले उनीहरुलाई शनिबार पक्राऊ गरेको हो । कास्कीको न्युरोड इनबाट आठ जना पक्राऊ परेका छन् । उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा ७६ हजार नगदसहित पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो पनि पढ्नुस्
१९ डिआइजीको सरुवा, को कता पुगे ?

सरकारले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ । गृहमन्त्रालयको शुक्रबार बसेको मन्त्रिस्तरीय निर्णय गर्दै १९ जना डिआइजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयका मानवस्रोत तथा प्रशासन विभागका प्रहरी उपरीक्षक चन्द्रकुमार खापुङले जानकारी दिए ।

उनका अनुसार प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो नक्सालमा रहेका कमलबहादुर जिटीलाई अख्यितार अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टङ्गालमा, केदार रिजाललाई १ नं प्रदेश प्रहरी विराटनगरबाट प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा, ठाकुरप्रसाद ज्ञावलीलाई अख्तियारबाट नं १ प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको छ ।

तारणीप्रसाद लम्साललाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, दानसिंह बोहरालाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा, दीपककुमार थापालाई ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालमा, पीताम्बर अधिकारीलाई ५ नं प्रदेश प्रहरी कार्यालय दाङबाट प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालय नक्सालमा, पूर्णचन्द्र जोशीलाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालबाट कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

प्रद्युम्नकुमार कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरमा, विनोद शर्मा घिमिरेलाई प्रहरी महानिरीक्षकको सचिवालय नक्सालबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, विश्वराज पोखरेललाई अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालबाट प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा र महेन्द्रकुमार पोखरेललाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनबाट प्रहरी प्रधान कार्यालय वृत्तिविकास निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।

महेशविक्रम शाहलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा, शेरबहादुर बस्नेतलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरबाट ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडा, सुरज केसीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्साल र सुरेशविक्रम शाहलाई वृत्तिविकास निर्देशनालय नक्सालबाट ५ नं प्रदेश प्र्रहरी कार्यालय दाङमा सरुवा गरिएको छ ।

सूर्यप्रसाद उपाध्यायलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर, हरिबहादुर पाललाई २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी प्रधान कार्यालय विशेष ब्युरो नक्सालमा र हरिभक्त प्रजापतिलाई प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालय नक्सालबाट जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवनमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?
राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?
एसपी दिल्लीराज विष्टलाई धरौटीमा रिहा गर्न आदेश
एसपी दिल्लीराज विष्टलाई धरौटीमा रिहा गर्न आदेश
रामकुमारी झाँक्रीले भनिन्-पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन
रामकुमारी झाँक्रीले भनिन्-पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन
जसले राजा महेन्द्रको गाडीमा बम हाने, गणतन्त्रका लागि मृत्युदण्ड स्वीकारे
जसले राजा महेन्द्रको गाडीमा बम हाने, गणतन्त्रका लागि मृत्युदण्ड स्वीकारे
भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने
मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने
अबदेखि प्रहरीलाई मन्त्रालयले छड्के अनुगमन गर्ने
अबदेखि प्रहरीलाई मन्त्रालयले छड्के अनुगमन गर्ने
विश्व समाचार : पाकिस्तानको दाबी झुटो, पाकिस्तनको कब्जामा एक जनामात्र भारतीय पाइलट
विश्व समाचार : पाकिस्तानको दाबी झुटो, पाकिस्तनको कब्जामा एक जनामात्र भारतीय पाइलट
बर्खास्त गोपालबहादुर खड्का  नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
बर्खास्त गोपालबहादुर खड्का नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
कांग्रेस पदाधिकारी बैठक: दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन
कांग्रेस पदाधिकारी बैठक: दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन

तपाईंले छुटाउनुभयो कि?