अवैध लागूऔषधसहित पक्राउ
सारांश
- नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–५ बस्ने २५ वर्षीय उत्तम सार्की रहेका छन् ।
- उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–५ बस्ने २५ वर्षीय उत्तम सार्की रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया