ओली र स्वराजबीच ‘वान टु वान’ वार्ता !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
ओली र स्वराजबीच ‘वान टु वान’ वार्ता !

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच ‘वान टु वान’ वार्ता भएको छ ।
  • नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच होटल सोलटीमा एक घण्टा लामो वान टु वान वार्ता भएको छ ।
  • काठमाडौँ ओर्लेपछि सीधै होटल सोल्टी पुगेकी स्वराज र वाम गठबन्धनको बैठकपछि पुगेका ओलीबीच वान टु वान वार्ता भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच ‘वान टु वान’ वार्ता भएको छ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच होटल सोलटीमा एक घण्टा लामो वान टु वान वार्ता भएको छ । काठमाडौँ ओर्लेपछि सीधै होटल सोल्टी पुगेकी स्वराज र वाम गठबन्धनको बैठकपछि पुगेका ओलीबीच वान टु वान वार्ता भएको हो ।

ओलीसँगको वान टु वान वार्तामा विदेशमन्त्री स्वराजले नेपालको भावी प्रधानमन्त्रीकारुपमा भारतीय प्रम मोदीको बधाई सन्देश सुनाउने कार्यक्रम थियो ।

सुस्माले भावी प्रधानमन्त्रीकारुपमा बधाई तथा शुभकामना दिएर विगतमा बिग्रेको सम्बन्धलाई ‘कोर्ष करेक्सन’ का लागि पहल गरेको बताइएको छ ।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर ओलीलाई नेपालका भावी प्रधानमन्त्री भन्दै सहकार्यका लागि आफू तत्पर रहेको प्रतिक्रिया दिएका थिए ।

ओलीले पनि त्यो बेला मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै मुक्तिनाथ र जनकपुर घुम्न प्रस्ताव गरेका थिए ।

यो भेटका क्रममा मोदीको तर्फबाट स्वराजले निर्वाचनमा विजयी भएको शुभकामना दिँदै चाँडै बन्ने नयाँ सरकार लागि शुभकामना दिने कार्यक्रम पनि थियो ।
ओली–स्वराज वान टु वान भेटवार्तापछि एमालेको प्रतिनिधिमण्डल र भारतीय प्रतिनिधिमण्डलबीच वार्ता भइरहेको छ । यो वार्तामा ओली र स्वराज दुवै सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?