शाहरुख खानका पाँच फिल्म आजसम्म किन रिलीज भएनन्?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
शाहरुख खानका पाँच फिल्म आजसम्म किन रिलीज भएनन्?

सारांश

  • एजेन्सी।
  • शाहरुख खानको फिल्म ‘जीरो’ को ट्रेलर रिलीज भएको छ।
  • ट्रेलरमा शाहरुख खानको अभियन र उनले निभाएको भूमिकाको समाजिल संजालमा निकै रुचाइएको छ।

एजेन्सी। शाहरुख खानको फिल्म ‘जीरो’ को ट्रेलर रिलीज भएको छ। ट्रेलरमा शाहरुख खानको अभियन र उनले निभाएको भूमिकाको समाजिल संजालमा निकै रुचाइएको छ। शाहरुख खानले बलिउडमा कदम राखेको २५ वर्षभन्दा धेरै भइसकेको छ। र, उनले कयौं सुपरहिट फिल्ममा काम गरिसकेका छन्। तर शाहरुख खानका यस्ता पाँच फिल्म छन् जुन आजसम्म रिलीज भएका छैनन्।

१) हलिउड फिल्म ‘एक्सट्रीम सिटी’

२०११ मा शाहरुख खान हलिउड फिल्म ‘एक्सट्रीम सिटी’ को शुटिङ गरिरहेका थिए। फिल्मका निर्देशक मार्टिन स्कोर्सेस थिए। ‘एक्सट्रीम सिटी’ फिल्ममा शाहरुख बाहेक लियोनार्दो डिक्याप्रियो पनि थिए। तर केही कारणले गर्दा यो फिल्मको शुटिङ बीचमै रोकियो र यो फिल्म आजसम्म रिलीज भएको छैन।

२) बिग बीसँग ‘रश्क’
शाहरुख खानको फिल्म रक्शको शुटिङ २००१ मा सुरु भएको थियो। फिल्ममा शाहरुख खानसँग अमिताभ बच्चन र जुही चावला पनि थिए। फिल्मको शुटिङ पनि पूरा भयो तर कुनै कारणवश फिल्म रिलीज हुन सकेन।

३) मणि कौलको ‘अहमक’
मणि कोलको फिल्म १९९१ मा बनेको थियो। फिल्ममा शाहरुख खानसँग अयुब खान र मीता वशिष्ठ मुख्य भूमिकामा थिए। फिल्म बनेर तयार भयो र २०१५ को फिल्म फेस्टिभवमा देखाइएको थियो। तर यो फिल्म हलमा भने आजसम्म रिलीज भएको छैन।

४) सुभाष घईको ‘शिखर’
फिल्म ‘परदेस’ भन्दा पहिला निर्देशक सुभाष घईले शाहरुख र माधुरीलाई फिल्म ‘शिखर’ कालागि प्रपोच गरेका थिए। शाहरुख खान फिल्ममा केही परिवर्तन होस भन्ने चाहन्थे। तर सुभाष त्यसकालागि तयार थिएनन्। शाहरुखले फिल्म छोडे। र यो फिल्म पनि बीचमै रोकियो। यद्यपी पछि सुभाषले कथावस्तुमा केही परिवर्तन गरेर फिल्म ‘ताल’ बनाए। उक्त फिल्मा ऐश्वर्या राय, अनिल कपुर र अक्षय खन्ना मुख्य भूमिकामा छन्। फिल्म सुपरहिट भयो।

५) ‘किसी से दिल लगाके देखो’

शाहरुख खानको फिल्म ‘किसी से दिल लगाके देखो’ (१९९६) लाई निर्देशक कल्पतरले निर्देशन गरेका थिए। यो फिल्मको शुटिङ सुरु भयो तर बीचनमा नै रोकियो। फिल्ममा शाहरुख खानसँग आयशा जुल्का र मधु मुख्य भूमिकामा थिए।

(https://firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?