तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १७, २०७४
|
|
३४ पटक हेरिएको
Shares
तीन पार्टीबीच पार्टी एकताको लागि ६ बुँदे सहमति , गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड

सारांश

  • आश्विन १७, २०७४ , नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् ।
  • पार्टी एकता र आगामी निर्वाचनमा तालमेल घोषणा गर्न राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले तीन पार्टीबीच भएको एकीकरणको ६ बुँदे योजना सार्वजनिक गर्नुभयो ।
  • – तीन पार्टीबीच पार्टी एकताको लागि भएको ६ बुँदे सहमतिको सारांश तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने ।
आश्विन १७, २०७४ , नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् । पार्टी एकता र आगामी निर्वाचनमा तालमेल घोषणा गर्न राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले तीन पार्टीबीच भएको एकीकरणको ६ बुँदे योजना सार्वजनिक गर्नुभयो । – तीन पार्टीबीच पार्टी एकताको लागि भएको ६ बुँदे सहमतिको सारांश तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने । समितिमा एमालेबाट ४, माओावदीबाट ३ र नयाँ शक्तिबाट १ नेता रहने । विस्तृत खाका र योजना यही समितिले तयार पार्ने । पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेश र प्रतिनिधिसभा निर्वाचन पछि एकीकरण सम्पन्न गर्ने । अब बन्ने पार्टीको मुद्दामा बहस गर्न सकिने । सार्वजनिक रुपमा सार्वजनिक टिप्पणी र नकारात्मक टिप्पणी नगर्ने । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा माओवादी केन्द्रलाई ४० र एमालेलाई ६० प्रतिशत हुने गरी तालमेल गर्ने । निर्वाचनमा साझा घोषणा पत्र तयार पार्ने । प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति तयार गर्ने । निर्वाचनमा तालमेलका लागि अन्य शक्तिलाई पनि आह्वान गर्ने ।

तीन दलको गठबन्धन कांग्रेसविरुद्ध होइनः ओली-प्रचण्ड

नेकपा एमाले केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ण्डले तीन पार्टीबीच भएको गठवन्धन कांग्रेसविरुद्ध नभएको बताएका छन् ।एमाले, माओवादी र नयाँ शक्तिले आगामी चुनावमा तालमेल गर्दै पार्टी एकता गर्ने ६ बुँदे सहमति गरेका छन् । एउटै कम्युनिष्ट पार्टी बनाउने यो सहमति ऐतिहासिक भएको तर, कांग्रेसविरुद्ध नभएको नेताहरुले बताएका छन् ।

माओवादी वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सत्ता गठवन्धनको दोस्रो ठूलो साझेदार हो ।

माओवादी अध्यक्ष प्रचण्डले यो गठबन्धन चुनावका लागि भएको र बिचार मिल्ने राजनीतिक शक्तिहरुबीच एकीकरणका लागि भएका बताए । उनले भने, ‘म प्रष्ट पार्न चाहान्छु यो सहमति कांग्रेसविरुद्ध लक्षित छैन । जनता र राष्ट्रको पक्षमा छ ।’

लगतै सम्बोधन गरेका एमाले अध्यक्ष केपी ओलीले पनि आफूहरुको सहमति कसैको विरुद्ध नभएको बताए । उनले भने, ‘यो देश बनाउने कुरा हो, कसैले झस्किनु पर्दैन ।’

भूगोल, भाषा, जाति र भाषाका आधारमा द्वन्द्व भड्काउने प्रयासविरुद्ध विजय हासिल भएको ओलीको तर्क थियो । ‘सामाजिक सद्भावका लागि एकतामा आएका हौं,’ ओलीले भने, ‘अब मुलुकमा शान्ति कायम गरेर समृद्धिको दिशामा अगाडि बढ्न चाहन्छौं ।’

कम्युनिस्ट पार्टीहरुबीच सत्ताका एकीकरण नभएको उनले जिकिर गरे । ओली थपे, ‘०७४ सालमा देशभक्त वामपन्थी सरकार बन्न लेखेकै छ, कसैले मेट्न सक्दैन ।’

छिमेकीसँग सन्तुलित सम्बन्धका पक्षमा आफूहरु रहेको उनले बताए । ‘बराबरीको हैसियत, मर्यादामा रहेर छिमेक सम्बन्ध । संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तबाट एक शब्द तलमाथि हुने छैन,’ उनले भने, ‘कसैले पनि अर्घेल्याईं गर्नु हुँदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल
सरोज खनालको निर्देशनमा महेश्वर पन्तको ‘जिउँदा देवता’ मा गौरी मल्ल
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली
पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली
गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
काठमाण्डौलाई विकास हैन व्यवस्थापनको खाँचो छ
काठमाण्डौलाई विकास हैन व्यवस्थापनको खाँचो छ
‘देउवाले मोदीलाई संविधान संशोधन गर्ने बचन दिएर नेपालीको अपमान गरे’
स्कुटर दुर्घटनामा परी डाक्टर चौधरी को  मृत्यु
स्कुटर दुर्घटनामा परी डाक्टर चौधरी को मृत्यु
राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने
राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन
सिभिल होम्सको ठगी धन्दा, घर किन्नेको बिजोग, ९ वर्षसम्म लालपूर्जा समेत पाइएन
क्रिसमस पार्टीमा होहल्ला गर्ने ८७ जना पक्राउ
क्रिसमस पार्टीमा होहल्ला गर्ने ८७ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?