स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
५२ पटक हेरिएको
Shares
स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

सारांश

  • तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ ।
  • समायोजनका क्रममा दुई महिनाअघि अन्यत्र गएका र सरुवा भएर आउनुपर्ने स्वास्थ्यकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो ।
  • स्वास्थ्यचौकीका प्रमुख सिनिअर अहेव धर्मराज बढुले स्वास्थ्यकर्मीको अभावमा सेवा दिन असहज भएको बताउनुभयो ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ । समायोजनका क्रममा दुई महिनाअघि अन्यत्र गएका र सरुवा भएर आउनुपर्ने स्वास्थ्यकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो ।
स्वास्थ्यचौकीका प्रमुख सिनिअर अहेव धर्मराज बढुले स्वास्थ्यकर्मीको अभावमा सेवा दिन असहज भएको बताउनुभयो । दैनिक १५ देखि २० सर्वसाधारण उपचार सेवा लिन आउने स्वास्थ्यचौकीमा बढु र एक कार्यालय सहायक मात्र कार्यरत हुनुहुन्छ ।

आफू एक्लैले कार्यालयको प्रशासनिक काम, बिरामीको स्वास्थ्य परीक्षण र औषधि वितरणको काम गर्नुपरेको बढुले बताउनुभयो । “एक्लैले सबै काम गर्नुपर्दा कठिनाइ भइरहेको छ”, बढुले भन्नुयो, “जसकारण सबै बिरामीलाई सेवा दिन सकिएको छैन ।”

बिरामीको स्वास्थ्य परीक्षण गर्ने अहेव र स्वास्थ्य सहायक नै नभएपछि सेवा लिन आउने सबै सर्वसाधारणलाई सेवा दिन नसकिएको उहाँको गुनासो छ । बढुका अनुसार सरुवा भएर आउने कर्मचारी नआउने भएमा अर्काे विकल्प खोज्न गाउँपालिकालाई अनुरोध गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष पूर्ण्सिं थापाले सरुवा भएर आउने स्वास्थ्यकर्मीको टुङ्गो लागिसकेपछि अर्काे व्यवस्था गरिने जानकारी दिँदै सर्वसाधारणको स्वास्थ्यप्रति गाउँपालिका गम्भीर रहेको बताउनुभयो । स्थानीयवासी रामबहादुर गुरुङले स्वास्थ्यचौकीमा एक मात्रै स्वास्थ्यकर्मी भएका कारण सेवा लिन धेरै समय कुर्नुपरेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
How you can Write a Account For Online Dating
माग पूरा नभए ग्यास बिक्री रोक्ने ग्यास उद्योगीको चेतावनी
माग पूरा नभए ग्यास बिक्री रोक्ने ग्यास उद्योगीको चेतावनी
रियल मड्रिड छाडेको १० वर्षपछि आर्जेन रोबेनले खुलाए मड्रिड छोड्नुको कारण
रियल मड्रिड छाडेको १० वर्षपछि आर्जेन रोबेनले खुलाए मड्रिड छोड्नुको कारण
एनपीएल खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगे
एनपीएल खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगे
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
व्यवसायीले थन्क्याउन थाले गाडी, शुक्रबार यातायात ठप्प !
व्यवसायीले थन्क्याउन थाले गाडी, शुक्रबार यातायात ठप्प !
कानुनी प्रक्रियालाई राजनीतिक रंग दिने प्रयासमा रास्वपा
कानुनी प्रक्रियालाई राजनीतिक रंग दिने प्रयासमा रास्वपा
जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छः सांसद गौतम
जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छः सांसद गौतम
नेपालको मलेसिया माथि सानदार जित
नेपालको मलेसिया माथि सानदार जित