यसकारण कर्मचारीकाे दशैँ तिहार खल्लाे हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
४१ पटक हेरिएको
Shares
यसकारण कर्मचारीकाे दशैँ तिहार खल्लाे हुने

सारांश

  • बैतडी, २८ असाेज ।
  • दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् ।
  • प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् ।

बैतडी, २८ असाेज । दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् ।

दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीले साउनदेखि तलब पाएका छैनन् ।यस्तै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका कर्मचारीले पनि तलब पाएका छैनन् । दशैँअघि तलब पाउने आश मरिसकेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशुसेवा प्राविधिक बिसन विष्टले बताए ।

डिभिजन वन कार्यालय, साविकको भूसंरक्षण कार्यालयका कर्मचारीले पनि तलब पाउन सकेका छैनन् । प्रदेश सरकार मातहतका केही कार्यालयका कर्मचारीले तलब पाएको भए पनि चार कार्यालयको अख्तियारी नै नआएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म अख्तियारी नआएका कार्यालयको दशैँअघि अख्तियारी आउने सम्भावना कम छ ।’ प्रदेश सरकार रहेका कार्यालयको तलब नपाउँदा मुख्य चाड दशैँ तिहार नै खल्लो हुने चिन्तामा कर्मचारी छन् ।

यसैबीच सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका बैतडीका सरकारी कार्यालय कामबिहीन बनेका छन् । नयाँ संरचनाअनुसार बैतडीमा स्थापना भएका कार्यालयले कार्यक्रम र अख्तियारी नपाउँदा कामबिहीन बनेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस
रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
  यी हुन चालु आवको मौद्रिक नीतिले ल्याएका महत्वपूर्ण व्यवस्था
  यी हुन चालु आवको मौद्रिक नीतिले ल्याएका महत्वपूर्ण व्यवस्था
सुन्दर अभिनेत्रीमाथि दुनियाँको आँखा, हेर्नुहोस् पाँच तस्विरमा
सुन्दर अभिनेत्रीमाथि दुनियाँको आँखा, हेर्नुहोस् पाँच तस्विरमा
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
मोदीलाई जनकपुरमा ५ घेरामा ७ हजार सुरक्षाकर्मी-५० हजार मान्छे उतार्ने
मोदीलाई जनकपुरमा ५ घेरामा ७ हजार सुरक्षाकर्मी-५० हजार मान्छे उतार्ने
प्रधानमन्त्री ओलीको भाषणले किन प्रदेश सशंकित बन्यो ?
प्रधानमन्त्री ओलीको भाषणले किन प्रदेश सशंकित बन्यो ?
संविधानले सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको छ : प्रदेश प्रमुख खापुङ
संविधानले सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको छ : प्रदेश प्रमुख खापुङ
सासंद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म अख्तियारको फन्दामा, को को पर्दैछन जेलमा ?
सासंद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म अख्तियारको फन्दामा, को को पर्दैछन जेलमा ?
मृतकका आफन्त बोकेर बंगलादेशबाट उड्यो जहाज !
मृतकका आफन्त बोकेर बंगलादेशबाट उड्यो जहाज !