माइकल आँधी: फ्लोरिडा वरपर सतर्कता
सारांश
- एजेन्सी/ माइकल नाम दिइएको आँधी ले फ्लोरिडा राज्यको प्यानह्याण्डल भनिने उत्तरपश्चिमी क्षेत्रमा सबभन्दा धेरै प्रभाव पार्ने ठानिएको छ।
- अढाई सय किलोमिटर प्रतिघण्टा सम्मको वेग भएको हावाहुरी फ्लोरिडाका तटमा चलेका छन्।
- आँधीको शक्तिशाली केन्द्रले त्यहाँको मेक्सिको बीच नामक नगरमा बुधवार अपरान्ह विनाश मच्चायो।
एजेन्सी/ माइकल नाम दिइएको आँधी ले फ्लोरिडा राज्यको प्यानह्याण्डल भनिने उत्तरपश्चिमी क्षेत्रमा सबभन्दा धेरै प्रभाव पार्ने ठानिएको छ।अढाई सय किलोमिटर प्रतिघण्टा सम्मको वेग भएको हावाहुरी फ्लोरिडाका तटमा चलेका छन्।आँधीको शक्तिशाली केन्द्रले त्यहाँको मेक्सिको बीच नामक नगरमा बुधवार अपरान्ह विनाश मच्चायो।
लाखौँ मानिसलाई सुरक्षित स्थानतर्फ जान भनिए पनि कैयौँ गएनन्। फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले अकल्पनीय विध्वंसको चेतावनी दिएका छन्। उनले हाल घरमै रहिरहेका मानिसहरूलाई अब भने बाहिर ननिस्कन भनेका छन्।
स्कूल तथा राज्यका कार्यालयहरू यो साता बन्द रहनेछन्। फ्लोरिडाले आपतकालीन स्थितिको घोषणा गरेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया