अफगानिस्तानमा ५ सैनिक, ४ सर्वसाधारणको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १५, २०७७
|
|
२७ पटक हेरिएको
Shares
अफगानिस्तानमा ५ सैनिक, ४ सर्वसाधारणको मृत्यु

सारांश

  • १५ असोजः अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ ।
  • प्रान्तीय गभर्नरका प्रवक्ता ओमार ज्वाकले गएराति सैनिक लक्षित आक्रमण भएको जानकारी दिए ।
  • मारिएका सर्वसाधारणमा दुई महिला र दुई पुरुष समेतका रहेका छन् ।

१५ असोजः अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ ।

प्रान्तीय गभर्नरका प्रवक्ता ओमार ज्वाकले गएराति सैनिक लक्षित आक्रमण भएको जानकारी दिए । मारिएका सर्वसाधारणमा दुई महिला र दुई पुरुष समेतका रहेका छन् ।

अफगानिस्तानमा सक्रिय विद्रोही समूह तालिबान र इस्लामिक स्टेट दुबैले उक्त घटनाका बारेमा केही बताएका छैनन् ।

केही दिनदेखि अफगानिस्तान सरकार र मुख्य विद्रोही तालिबान समूहबीच कतारको राजधानी दोहामा प्रत्यक्ष वार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटना निरन्तर भइरहेका छन् ।

तालिबान समूहले शान्तिवार्तामा अफगान सरकार सहभागी भए पनि तालिबान विरुद्ध सैनिक कारबाही जारी रहेको भन्दै आलोचना गरेको छ ।–एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?