जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
३२ पटक हेरिएको
Shares
जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

सारांश

  • जाजरकोट, ३१ भदौ।
  • यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् ।
  • आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ ।

जाजरकोट, ३१ भदौ। यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् ।आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो । उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम सदरमुकामबाटै हुने गरेको छ । गाउँपालिकाका लेखापाल राजबहादुर सिंहको घरमा एक वर्षअघि देखि कार्यालय सञ्चालन हुँदै आएको छ ।

त्यस्तै कुशेगाउँपालिकाको कार्यालय पनि सदरमुकाममै छ । यो गाउँपालिकाको काम पनि सदरमुकाममै हुने गरेको छ । कुशेगाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीको सदरमुकामको घरमा कार्यालय सञ्चालन हुँदै आएको हो । गाउँमा पनि सम्पर्क कार्यालय स्थापना गरी कहिलेकाहीँ काम हुने गरेको छ । सदरमुकाम र गाउँमा गरी बारेकोट र कुशेगाउँपालिकाले डबल भाडा तिर्दै आएका छन् । सदरमुकाम खलङ्गामा भेरी नगरपालिकाको आफ्नै भवन बन्दै छ । भवन नबन्दासम्म भेरी ज्ञानोदय क्याम्पसको भवन भाडामा लिएर काम सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।

गाउँमै कार्यालय सञ्चालन गरी भाडाको भवनमा बस्दै आएको नलगाडले पनि वडादेखि नगरपालिका कार्यालयसम्मको भाडा तिर्दै आएको छ । नलगाड नपा–८ स्थित मन्मैमा साबिकको खगेनकोट गाविसको भवन छँदाछँदै वडाध्यक्ष गोविन्द शाहीको मनोमानीका कारण भाडामा कार्यालय राख्नु परेको कार्यपालिका सदस्य नरबहादुर विकले बताउनुभयो ।

शिवालय गाउँपालिकाले घर भाडाबापत मासिक रु ५५ हजार भुक्तानी गर्दै आएको छ । छेडागाड नगरपालिकाले पनि गाउँमा रहेको कार्यालय र सदरमुकाममा रहेको कार्यालय गरी दोहोरो भाडा तिरेर दैनिक काम गर्दै आएको छ । सदरमुकाममै घर भएका जनप्रतिनिधिले समेत आवासको सुविधा भन्दै रकम लिने गरेका छन् । यहाँका सात स्थानीय तहले गत आवमा रु ५० लाख घर भाडामा खर्चेको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देही-१ मा पूर्वसहकर्मी घनश्याम र छविलालबीचको रोचक चुनावी भिडन्त
रुपन्देही-१ मा पूर्वसहकर्मी घनश्याम र छविलालबीचको रोचक चुनावी भिडन्त
देश फेरि लकडाउनतर्फ उन्मुख, ठूला शहर धमाधम लकडाउन गरिदै
आज १३२५ कोरोना संक्रमित थपिए, कुल संक्रमितको सख्या ६४ हजार १ सय २२
आज १३२५ कोरोना संक्रमित थपिए, कुल संक्रमितको सख्या ६४ हजार १ सय २२
एनिमलकी ‘जोया’ ले कार्तिक आर्यनसँग आशिकी-३ मा रोमान्स गर्ने
एनिमलकी ‘जोया’ ले कार्तिक आर्यनसँग आशिकी-३ मा रोमान्स गर्ने
चर्चित पत्रकार दुर्गानाथ शर्माकाे निधन
चर्चित पत्रकार दुर्गानाथ शर्माकाे निधन
महिना दिनसम्म गुपचुप रह्यो ५ वर्षीया बालिका बलात्कार घटना
चलचित्रको पर्दामा पूरै कपडा उतार्ने बलिउडका ११ चर्चित अभिनेत्री
चलचित्रको पर्दामा पूरै कपडा उतार्ने बलिउडका ११ चर्चित अभिनेत्री
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
अनुशासित, स्वस्थ र मैत्रीपूर्ण वातावरण निर्माण गरौं
अनुशासित, स्वस्थ र मैत्रीपूर्ण वातावरण निर्माण गरौं
राजीनामा दिने तयारीमा सभामुख महरा
राजीनामा दिने तयारीमा सभामुख महरा

तपाईंले छुटाउनुभयो कि?