बाजुरामा पुनःहिमपात

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
बाजुरामा पुनःहिमपात

सारांश

  • मार्तडी, १४ फागुन ।
  • बाजुराका अधिकांश क्षेत्रमा सोमबारदेखि पुनः हिमपात भएको छ ।
  • माघ पहिलो साताबाट शुरु भएको हिमपातसँगै भारी वर्षाका कारण बाजुरावासीको जनजीवन कष्टकर बन्दै गएको छ ।

मार्तडी, १४ फागुन । बाजुराका अधिकांश क्षेत्रमा सोमबारदेखि पुनः हिमपात भएको छ । माघ पहिलो साताबाट शुरु भएको हिमपातसँगै भारी वर्षाका कारण बाजुरावासीको जनजीवन कष्टकर बन्दै गएको छ ।

गत माघ पहिलो साताबाट जिल्लाका हिमाली क्षेत्रमा हिमपात भएको थियो । लगातार वर्षाका कारण यहाँका ग्रामीण सडक आंशिक रुपमा बन्द भएका छन् । हिमपात र अत्यधिक वर्षाले ग्रामीण सडक अवरुद्ध भएपछि छोटो दूरीका सवारीसाधन चल्न छाडेको जयमालिका यातायात प्रालिका उपाध्यक्ष पृथ्वी रावलले बताउनुभयो । यातायात बन्द हँुदा कामका लागि सदरमुकाम आवतजावत गर्ने स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।

लगातारको वर्षा र पटकपटकको हिमपातका कारण वृद्धवृद्धा, बालबालिका र विरामीलाई समस्या भएको छ । उत्तरी क्षेत्रको कोल्टीस्थित कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पतालका लागि सिफारिश गरिएका बिरामीलाई आवतजातवत गर्न समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो ।

वर्षाका कारण आंशिकरूपमा यातायातका साधन बन्द भएपछि ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामानको अभाव भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बताउनुभयो । मार्तडी–कोल्टी सडक खण्डको पोरखे लेकमा ४ देखी ५ फिट हिउँ जमेको छ । माघ पहिलो सातादेखि नै उत्तरी भेगको यातायात पुर्ण रुपमा बन्द भएको छ ।

जिल्लामा लगातार हिमपात हुँदा हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बनेको छ । चिसोका कारण विद्यार्थी विद्यालय आउन छाडेको बूढीनन्दा नगरपालिकास्थित कालिका प्राथमिक विद्यालयका प्रधानाध्यापक नन्दुबहादुर रौलेले बताउनुभयो । विद्यार्थी नियमित आउन छाडेका छन् । विद्यालय बन्द गर्नु परेको उहाँले बताउनुभयो । चिसोका कारण विद्यार्थी बिरामी हुने सम्भावना बढेको रौलेको भनाइ छ । बडिमालिका, बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर, जगन्नथ, गौमुल, खप्तड छेडेदह गाउँपालिकको उच्च हिमाली क्षेत्रका शैक्षिक संस्था हिमपातका कारण प्रभावित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहदानी फ्याँकेर अटो समाउँदै रोल्पाली युवा
राहदानी फ्याँकेर अटो समाउँदै रोल्पाली युवा
वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ: प्रचण्ड
वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ: प्रचण्ड
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
यी युवतीले स्मार्ट कामले कमाउँछिन घन्टाकै लाख
यी युवतीले स्मार्ट कामले कमाउँछिन घन्टाकै लाख
सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ?
सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ?
मुख्यमन्त्री फुटबल कप माघको पहिलो हप्ता सुरुहुने
मुख्यमन्त्री फुटबल कप माघको पहिलो हप्ता सुरुहुने
कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी
कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी
बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको ?
बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको ?
पन्ध्रौ प्रेमिकाको सन्तानको पिता बन्दै साहित्यकार मुकारुङ
पन्ध्रौ प्रेमिकाको सन्तानको पिता बन्दै साहित्यकार मुकारुङ
मोदीको मन्त्रिमण्डलमा यस्ता व्यक्तिले पाउने छन् प्राथमिकता
मोदीको मन्त्रिमण्डलमा यस्ता व्यक्तिले पाउने छन् प्राथमिकता