माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २, २०८१
|
|
५१ पटक हेरिएको
Shares
माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !

सारांश

  • काठमाडौं।
  • पूर्वी रुकुमको पुथा उत्तरगंगामा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी तालमेल गरेका छन्।
  • आगमी मंसिर १६ गते पुथा उत्तरगंगामा उपाध्यक्षमा एमाले–कांग्रेसले तालमेल गरेका हुन्।

काठमाडौं। पूर्वी रुकुमको पुथा उत्तरगंगामा नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी तालमेल गरेका छन्। आगमी मंसिर १६ गते पुथा उत्तरगंगामा उपाध्यक्षमा एमाले–कांग्रेसले तालमेल गरेका हुन्। पुथा उत्तरगंगामा कांग्रेस र एमाले मिलेर माओवादीलाई हराउने रणनीतिअनुसार तालमेल गरिएको बताइको छ।

पुथा उत्तरगंगामा एमालेकी उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सहयोग गर्ने भएको हो। तुलाचन एमाले जिल्ला कमिटीको उपसचिव तथा अनेमसंघको केन्द्रीय सदस्यसमेत हुन्। रोचक कुरा के छ भने तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखबाट निर्वाचन लड्नुपर्ने सहमति भएको छ।

त्यस्तै, सोही गाउँपालिकाको वडा नम्बर २ को अध्यक्ष चयनका लागि एमाले जिल्ला कमिटी सदस्य जीवन रोकालाई कांग्रेसले समर्थन गरेको छ । कांग्रेसले वडा नं. २ मा रोकालाई समर्थन गर्ने भएको छ ।

पुथा उत्तरगंगा माओवादीको गढ मानिन्छ । कांग्रेस–एमाले नमिली सो क्षेत्रमा माओवादीलाई हराउन नसकिने निश्कर्षसहित तालमेल भएको बताइएको छ । सवारी दुर्घटनामा परी उपाध्यक्ष उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । भूपेन्द्रा र जसबहादुर दुवै माओवादी केन्द्रबाट निर्वाचित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१०७ वर्षीया महिलाले गरिन् मतदान
१०७ वर्षीया महिलाले गरिन् मतदान
मोदीलाई पक्राउ गर्न इन्टरपोलको रेड कर्नर नोटिस
मोदीलाई पक्राउ गर्न इन्टरपोलको रेड कर्नर नोटिस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
बनिनसक्दै भत्किने पुल बनाउने सांसदको ‘पप्पु कन्स्ट्रक्सन‘
बनिनसक्दै भत्किने पुल बनाउने सांसदको ‘पप्पु कन्स्ट्रक्सन‘
स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल
स्थानीय तहको भूमिका जवाफदेही र नागरिकमैत्री हुनुपर्छ : प्रधानमन्त्री दाहाल
खानेपानी मन्त्री पुग्दा परिवारमा रुवाबासी !
खानेपानी मन्त्री पुग्दा परिवारमा रुवाबासी !
भन्सार छलेर ल्याएकोे सामानसहित दुई पक्राउ
भन्सार छलेर ल्याएकोे सामानसहित दुई पक्राउ
खुवाबाट घरदेखि डेरी उद्योग सञ्चालन
खुवाबाट घरदेखि डेरी उद्योग सञ्चालन