उपचार अभावमा छट्पटाउँदै संखुवासभाका भुजेल
सारांश
- संखुवासभा ।
- अभाव र गरिबीका कारण मानिसहरुलाई कतिसम्म पिडा हुँदोरहेछ भन्ने उदाहरण हुन संखुवासभा जिल्लाको मादी नगरपालिका–६ का गणेश बहादुर भुजेल ।
- शुरुमा भुजेलको ओठमा सानो टीका जस्तो घाऊ निस्कियो ।
संखुवासभा । अभाव र गरिबीका कारण मानिसहरुलाई कतिसम्म पिडा हुँदोरहेछ भन्ने उदाहरण हुन संखुवासभा जिल्लाको मादी नगरपालिका–६ का गणेश बहादुर भुजेल । शुरुमा भुजेलको ओठमा सानो टीका जस्तो घाऊ निस्कियो ।
३ महिना अघि सुरु भएको सो घाऊ फैलिँदै यतिबेला पुुरै मुख नै बाङगो भइसकेको छ । क्यान्सरको आशंका गरि भरतपुर क्यान्सर अस्पताल जाँदा उनलाई यही साल साउन ३२ गतेको अप्रेसनको डेट समेत दिएको छ ।
आर्थिक अभावका कारण उनको उपचार सम्भव नभएको र अस्पतालसम्म जाने अवस्था समेत नभएको भन्दै उनको परिवारले सहयोगका लागि मनकारीहरुसँग अपिल गरेका छन् ।
आफू अत्यन्तै बिपन्न परिवारका भएका कारण उपचार सम्भव नभएको र आफू बाँच्न चाहेको उनले बताएका छन् । भुजेललाई सहयोग गर्न चाहने इच्छुकहरुले ९८०५३६८४५३ मा सम्पर्क गरी सहयोग गर्न सक्नेछन् ।
प्रतिक्रिया