ए डिभिजन फुटबल लिग स् आर्मीसँग हिमालयन शेर्पा पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
४८ पटक हेरिएको
Shares
ए डिभिजन फुटबल लिग स् आर्मीसँग हिमालयन शेर्पा पराजित

सारांश

  • शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
  • सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो ।
  • जितसँगै आर्मीले तीन खेलमा छ अङ्क जोड्दै लिगेको तेस्रो स्थानमा उक्लिएको छ ।

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । जितसँगै आर्मीले तीन खेलमा छ अङ्क जोड्दै लिगेको तेस्रो स्थानमा उक्लिएको छ ।

यसअघि आर्मीले पहिलो खेलमा फ्रेन्डस क्लबलाई २–१ गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा मनाङमस्र्याङदी क्लबसँग १–० ले पराजित भएको थियो । आर्मीको जितमा कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले एक एक गोल गरे । खेलको दोस्रो हाफको ६०औँ मिनेटमा हिमालयन शेर्पाका डिफेन्डर आशिष गुरुङ र गोलरक्षक किशोरलाई बिट गर्दै कप्तान भरतले गोल गरेका थिए ।

त्यसैगरी खेलको ६४औँ मिनेटमा टेकबहादुरले आर्मीका लागि विजयी गोल गरे । खेलमा आर्मीका भरत खवास म्यान अफ दि म्याच चुनिए । पराजित हिमालयन शेर्पाले तीन खेलमा दुई अङ्क जोडेको छ । शेर्पा लिगको १० औँ स्थानमा रहेको छ । शेर्पाले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी तथा दोस्रो खेलमा एपीएफसँग १–१ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन हुँदै
चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन हुँदै
गाई पनि एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन्
गाई पनि एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन्
भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने
भरतपुरमा मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने
आजको सूर्यग्रहणमा कुन राशिलाई के योग ?
आजको सूर्यग्रहणमा कुन राशिलाई के योग ?
टीपर को ठक्करबाट मोटरसाईलमा सवार एक जनाको मृत्यु
टीपर को ठक्करबाट मोटरसाईलमा सवार एक जनाको मृत्यु
नेपाली फुटबलले गुमाएको एक अनमोल रत्न नेपाली म्याराडोना !
नेपाली फुटबलले गुमाएको एक अनमोल रत्न नेपाली म्याराडोना !
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित
दशगजामा भारतको दादागिरी, एकतर्फी सडक बनाउँदा नेपाली त्रसित
दशगजामा भारतको दादागिरी, एकतर्फी सडक बनाउँदा नेपाली त्रसित
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित
वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण
वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण